विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बिन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले जेठ २० गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । 

सय रुपैयाँ अंकित १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयर मध्ये ६० हजार कित्ता अर्थात ४ प्रतिशत कर्मचारीहरुको लागि सुरक्षित गरिएको र ७५ लाख कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको १३ लाख ५६ हजार कित्ता साधार सेयर सर्वसाधरणका लागि निष्कासन गरिनेछ । सर्वसाधरणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । 

सर्वसाधारणले छिटोमा जेठ २५ गते र ढिलोमा असार ३ गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीको २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको छ । ८.८ मेगावाटको रुदी खोला–ए र ६.६ मेगावाटको रुदी खोला–बी जलविद्युत केन्द्र सञ्चालनमा छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit