विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना ग्राहकहरूलाई २४ घन्टाभित्रै इनर्जी मिटर उपलब्ध गराउने भएको छ । केन्द्रले सिंगल फेज मिटर जडानका लागि आवेदन दिएको २४ घन्टाभित्रै मिटर उपलब्ध गराउने भएको हो ।

केन्द्रले आवेदन दिने ग्राहकहरूलाई पहिलो प्राथमिकतामा राखेर आवेदन दर्ता भएको २४ घन्टाभित्र मिटर उपलब्ध गराउने कार्यको सुभारम्भ गरेको छ । शुक्रबार एक कार्यक्रमबीच प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज प्रमुख सुरज गौतमले सो कार्यको शुभारम्भ गरे ।

यो कार्य सुरु भएसँगै सेवाग्राहीहरू एउटै कामका लागि पटकपटक कार्यालय धाउनुपर्ने, समय खर्च गर्नुपर्ने लगायतको समस्याको अन्त्य भएको केन्द्रले जनाएको छ ।

छिटोछरितो सेवाप्रवाह तथा सुशासन प्रवर्द्धनका लागि यो कदम महत्वपूर्ण हुने गौतमले बताए । छिटोछरितो सेवा प्रवाहमा आफुहरू प्रतिबद्ध रहेको केन्द्र प्रमुख सुरज रेग्मीले बताए । माथिल्लो निकायबाट मिटर उपलब्धतामा निरन्तरता रहनुपर्ने जोड दिदै रेग्मीले गुणस्तरीय सेवा प्रवाहका लागि केन्द्र लागिपरेको उल्लेख गरे ।

पहिलो दिनमा नै १६ जना ग्राहकहरूलाई सिंगल फेज मिटर हस्तान्तरण गरिएको छ । छिटोछरितो सेवाबाट उपभोक्ताहरू पनि हर्षित छन् । उनिहरूले यो कार्य  निरन्तर रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit