images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा डेभलपर्सले म्याग्दीको धौलागिरी गाउँपालिकामा निर्माण हुने ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । प्रवर्द्धक हाइड्रो भिलेज प्रालिले निर्माण गर्न लागेको आयोजनामा लगानी गर्ने भएको हो ।

आयोजनामा लगानी गर्ने विषयमा ऊर्जा डेभलपर्स र हाइड्रो भिलेजबीच सम्झौता भएको छ । सम्झौतापत्रमा हाइड्रो भिजेलकातर्फबाट अध्यक्ष रामेश्वर थापा र ऊर्जा डेभलपर्सका तर्फबाट अध्यक्ष विजय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार दुवै कम्पनीको सयुक्त उपक्रममार्फत आयोजना निर्माण गरिनेछ । आयोजना सम्पन्न गर्न १० अर्ब ७४ करोड रुपैयाँ लागत  अनुमान गरिएको छ । आयोजनामा कूल लागतको ७५ प्रतिशत लगानी बैंकले गर्नेछन् । बाँकी २५ प्रतिशत स्वपूजी लगानी रहनेछ ।

धौलागिरि गाउँपालिकाको दोभानमा आयोजनाको बाँध निर्माण हुनेछ । बगर भन्ने स्थानमा विद्युतगृह निर्माण हुनेछ । आयोजना निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट वार्षिक ३३४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको बनखेत सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit