images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रले २४ लाख रुपैयाँ विद्युत महशुल बक्यौता उठाएको छ । केन्द्रले आर्थिक वर्ष सुरु भएदेखि हालसम्मको अवधिमा ग्राहकको लाइन काटी बक्यौता उठाएको हो ।

डेठ महिनाको अवधिमा १ सय ४४ ग्राहकको लाइन काटी बक्यौता असुली गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार केन्द्र अन्तर्गतको ५८ र त्रिवेणी उप–वितरण केन्द्र अन्तर्गतको ८६ ग्राहकको लाइन काटिएको हो ।  लाइन काटिएका ग्राहकबाट ८९ लाख ४० हजार रुपैयाँ असुली गर्न बाँकी थियो ।

लाइन काटिएका ग्राहकले जरीवानासहितको २३ लाख ७८ हजार ५ सय रुपैयाँ बक्यौता बुझाएपछि पुन लाइन जोडिएको छ । बाँकी ग्राहकले पनि बक्यौता बुझाएपछि जोडिनेछ ।

लामो समयदेखि विद्युत महशुल नबुझाउने ग्राहकको धमाधम लाइन काटेर बक्यौता उठाउने कामलाई तिव्रता दिइएको केन्द्रले जनाएको छ । बारम्बार ताकेता गर्दा पनि बक्यौता नबुझाएपछि लाइन काट्नु पर्ने अवस्था आएको हो । केन्द्र अन्तर्गत अझै करिब ४ करोड ९० लाख २५ हजार रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

केन्द्र अन्तर्गत २४ हजार ९ सउ ७६ ग्राहक छन् । जसमा २३ हजार ८ सय २१ जना घरयासी ग्राहक छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit