images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकामा निर्माण हुने १० मेगावाटको धरमनगर–१ र १५ मेगावाटको धरमनगर–२ सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । नेपाल विद्यत् प्राधिकरण र प्रवर्द्धक पशुपति रिन्युवल्स प्रालिबीच सौर्य विद्युत खरिद सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट उप-कार्यकारी निर्देशक प्रदिपकुमार थिके र कम्पनीका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.सन्दिप शाहले हस्ताक्षर गरे । पिपिए अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् २५ वर्षसम्म खरिद गर्नेछ ।

यो आयोजना नगरपालिकाको चन्द्राैटामा निर्माण हुनेछ । अहिले आयोजनाको अध्ययन पूरा गरी निर्माण सुरु गर्न पूर्वतयारी भइरहेको कम्पनीले जनाएको छ । पहिलो चरणमा धरमनगर–१ को काम सुरु गरिनेछ । लगतै अर्को आयोजनाको पनि निर्माण सुरु गर्ने योजनासहित अघि बढेको कम्पनीले जानकारी दिएको छ ।

धरमनगर–१ को काम डिसेम्बर २०२४ र धरमनगर–२ को काम मार्च २०२५ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । यो आयोजना पूरा भएपछि पहिलोबाट २०.१ गिगावाट घन्टा र दोस्रोबाट ३०.१ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

उत्पादित विद्युत् सौर्य प्लान्टबाट करिब ३ किलोमिटर दुरीमा रहेको प्राधिकरणको शिवपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit