विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशका विभिन्न स्थानमा निर्माणाधीन ५० चार्जिङ स्टेसनको काम ६० प्रतिशत पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्ज गर्ने सुविधाका लागि निर्माण गरिरहेका चार्जिङ स्टेसनको आधाभन्दा बढी काम सम्पन्न भएको हो ।

विद्युतीय सवारी चार्जिङ गर्ने चार्जर राख्ने संरचना तयार भइसकेको आयोजना प्रमुख सागर ज्ञवालीले बताए । उनका अनुसार तयार भइरहेका संरचनामा चार्जर जडान गर्न बाँकी छ ।

‘लक्ष्यअनुसार नै चार्जिङ स्टेसन तयार गर्ने गरी ठेकेदारले काम गरिरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘चार्जर अहिलेसम्म आइपुगेको छैन । आएपछि धमाधम जडान गरेर चार्जिङ स्टेसन सञ्चालनका लागि तयार गर्छौं ।’ उनले प्राधिकरणले अघि बढाएका सबै चार्जिङ स्टेसनमा काम भइरहेको बताए ।

निर्माणाधीन चार्जिङ स्टेसन अबको ५ महिना (२०७९,असार) भित्र सम्पन्न गरिसक्नु पर्ने तालिका छ । उनले लक्ष्यअनुसार नै सबै चार्जिङ स्टेसनको का सम्पन्न गरेर सञ्चालनमा ल्याउने दाबी गरे । 

यी चार्जिङ स्टेसन सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने भए पनि कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न लगाइएको निशेधाज्ञाको प्रभावले प्रक्रियामा भएको ढिलाइका कारण समय लम्बिन गएको छ ।विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजना अन्तर्गत उपत्यकासहित देशभरमा यी चार्जिङ स्टेसनहरू निर्माण भइरहेका हुन् ।

५० वटै चार्जिङ स्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्कासम्झौता भएको हो । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमता (७१०० किलोवाट) को चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान हुनेछ ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिनेछ ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५० वटै चार्जिङ स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधन चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेसन निर्माण गर्न एसियाली विकास बैंकले ऋण लगानी गरेको छ । ५० मध्ये उपत्यकामा ७ वटा चार्जिङ स्टेसन निर्माण गरिनेछ । यसबाहेक पनि बागमति प्रदेशमा मात्रै १३ वटा चार्जिङ स्टेसन निर्माणकाे काम अघि बढेकाे छ । उपत्यका बाहिर मलेखु, बिपि राजमार्ग (सिन्धुली), हेटौंडा, भरतपुर, मुङलिन, कुरिनटार र बनेपामा चार्जिङ स्टेसन बन्दैछन् । 

यस्तै, प्रदेश–१ मा भद्रपुर, दमक, कन्काई, इटहरी र विराटनगरमा गरी ५ स्थानमा चार्जिङ स्टेसन निर्माण हुने उनले बताए । प्रदेश–२ मा वीरगन्ज, सिमारा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजबिराज गरी ७ स्थानमा चार्जिङ स्टेसन निर्माण  हुँदैछन् ।

गण्डकी प्रदेशमा पनि ६ वटा चार्जिङ स्टेसन निर्माणकाे काम अघि बढेकाे प्राधिकरणले जनाएकाे छ । यो प्रदेशमा नवलपुर (पूर्वि नवलपरासी), दमौली, स्याङ्जामा १/१ वटा तथा पोखरामा ३ वटा चार्जिङ स्टेसन निर्माण हुने प्राधिकरणले जनाएको छ ।

लुम्बिनी प्रदेश, कर्णाली र सूदुर पश्चिम प्रदेशमा क्रमशः ८, १ र ३ वटा गरी १२ चार्जिङ स्टेसन निर्माण हुनेछन् । लुम्बिनीमा नेपालगन्ज, भालुवाङ, बुटवल (३), दाङ र बर्दघाट/ सुनवल (२) मा चार्जिङ स्टेसनको संरचना राखिनेछ । कर्णालीको सुर्खेतमा एउटा तथा सूदुरपश्चिमको धनगढी, महेन्द्रनगर र डडेलधुरामा चार्जिङ स्टेसन निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit