images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । परवानीपुर–विरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइन बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले थप नयाँ टावर खडा गर्न र नयाँ कन्डक्टर फाइनल सेग गर्नका लागि लाइन बन्द गर्न लागेको हो ।

नेपाल सरकार र प्राधिकरणको सयुक्त लगानीमा सञ्चालित लाइनको टावर नम्बर ३४३ देखि टावर नम्बर ३५३ सम्मको बिचमा नयाँ टावर थप्न र नयाँ कन्डक्टर फाइनल सेग गर्नका लागि बैशाख १६ (शुक्रबार) गतेदेखि लाइन बन्द गर्न लागिएको प्राधिरणले जनाएको छ । प्राधिकरणका अनुसार टावर खडा गर्ने कार्य गर्दा परवानीपुर विरगञ्ज खण्डको दुवै सकिंट र कन्डक्टर फाइलन सेग गर्ने कार्य गर्दा एउटा/एउटा सर्किट बन्द गर्नुपर्नेछ ।

परवानीपुर सबस्टेसनमा ६६ केभी दुवै फिडर बन्द हुँदा विरगञ्ज, कलैया तथा पोखरिया क्षेत्रका सम्पूर्ण ११ केभी ग्राहकहरु र ६६ केभी लाइनबाट वितरण हुने औद्योगिक ग्राहकहरुको विद्युत आपूर्ति बन्द हुनेछ । 

सेवा आगामी १९ गते (सोमबार) सम्म बन्द हुनेछ । शुक्रबार र शनिबार बिहान ११ः३० देखि ४ः३० बजेसम्म सेवा बन्द हुनेछ । परवानीपुर सबस्टेसनको ६६ केभी विरगञ्ज फिडर–१ र फिडर–२ बन्द हुनेछ । 

यस्तै, आइतबार ६६ केभी परवानीपुर सबस्टेसनकै फिडर–१ बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म बन्द हुनेछ । सोमबार परवानीपुर सबस्टेसनको फिडर–२ पनि बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म बन्द हुने प्राधिकरणले जनाएको छ । तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित तालिका अगावै सेवा सुरु गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit