काठमाडौँ । विद्युत् विकास विभागको उप-महानिर्देशकको जिम्मेवारी सहसचिव सुरेन्द्र घिमिरेले प्राप्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको गत भदौ ४ गतेको निर्णयअनुसार घिमिरेलाई उक्त जिम्मेवारी दिइएको हो । उनले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् ।
युवा सहसचिव घिमिरेले यसअघि पनि विभागमा रहेर वातावरण महाशाखा प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए । उनलाई पुन: सोही महाशाखाको विम्मेवारी तोक्ने तयारी भएको बुझिएको छ ।
घिमिरेले एक वर्ष बुढीगंगा जलविद्युत् आयोजनाको प्रमुख भएर उक्त आयोजना कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।