विद्युत अपडेट

  • प्राधिकरण : ८८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १६९७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४८६७३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०१५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४४८६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३०६ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई विभागका महानिर्देशकको जिम्मेवारी परिवर्तन गरेको छ । मन्त्री विराजभक्त श्रेष्ठको निर्णयअनुसार मन्त्रालयले विद्युत् विकास विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव सागरराज गौतमलाई र सिँचाई विभागको महानिर्देशकको जिम्मेवारी डा. महेश्वर श्रेष्ठलाई दिएको छ ।

यसअघि गौतम मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखामा कार्यरत थिए । श्रेष्ठ भने कार्यक्रम, बजेट तथा अनुगमन महाशाखामा कार्यरत थिए ।

त्यस्तै, मन्त्रालयले विद्युत् विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठ र सिँचाइ विभागका महानिर्देशक मित्र बराललाई मन्त्रालय सरुवा गरेको छ ।  

त्यसैगरी, विभागका उपमहानिर्देशक गोकर्णराज पन्थलाई विद्युत् नियमन आयोगको सचिवको जिम्मेवारी दिने तयारी छ । उनले यसअघि पनि आयोगको सचिवका रूपमा गरिसकेका छन् । विभागका अर्का उपमहानिर्देशक सुनिल पौडेललाई पनि मन्त्रालयमा सरुवा गर्ने तयारी छ ।

सहसचिवहको जिम्वारी हेरफेर तथा सरुवाबारे निर्णय भए पनि औपचारिक पत्र तयार गरी हस्तान्तरण नभइसकेको ऊर्जा मन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३