विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सांघाई । उत्तर पूर्वी चीनमा औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध हुन नसक्दा ऊर्जा संकटको अवस्था आएको छ । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्यबृद्धिले आयात खुम्चिँदा जिलिन प्रान्तको औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति नियमित हुन नसक्दा ठूला उद्योग सञ्चालनमा समस्या देखिएको हो ।

अहिले यस क्षेत्रमा विद्युत आपूर्ति नियमित हुन नसक्दा बत्ती बाल्न, उद्योग सञ्चालन गर्नदेखि पानीको आपूर्तिमा पनि समस्या भइरहेको छ । औद्योगिक क्षेत्रमा रहेका अधिकांश उद्योगमा कोइला आयातमा भएको कमीका कारण ऊर्जा संकटको अवस्था आएको हो ।

गोल्डम्यान साक्सका अनुसार चीनका ४४ प्रतिशत उद्योगको उत्पादन ऊर्जा संकटका कारण प्रभावित हुन पुगेको छ । ऊर्जा संकटकै कारण कूल ग्राहस्थ उत्पादन (जिडिपी) मा २ प्रतिशतसम्मको गिरावट आउन सक्ने प्रक्षेपण गरिएको छ । ऊर्जा संकटकै कारण चीनले प्रक्षेपण गरेको ८.२ प्रतिशतको जिडिपी लक्ष्य घटाएर ७.८ प्रतिशतमा झारेको छ ।

संकट गहिरिँदै गएपछि चीनलाई विद्युतको आपूर्ति सहज बनाउन कोइला आयातको परिमाण बढाउनु पर्ने दबाव परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ऊर्जा संकट झेलिरहेका नागरिकबाट विद्युत आपूर्ति नियमित बनाउन माग भइरहेकाले कोइला आयातको परिमाण बढाउनुका साथै आयातको गतिलाई पनि तीव्र पार्नुपर्ने दबाव बढेको समाचारमा जनाइएको छ । 

जिलिन प्रान्तका गर्भनर हान जुनले अहिले देखिएको ऊर्जा संकटको समस्या समाधान गर्न कोइलाको आयात बढाएर विद्युत आपूर्ति सहज बनाउने आश्वासन दिएका छन् । यस प्रान्तमा विद्युत वितरण गर्ने कम्पनीले भने आपूर्ति नरोकिएको दाबी गरेको छ ।

ऊर्जा संकट बढ्दै गएपछि ट्राफिक बत्ती, आवासीय लिफ्ट र थ्रीजी मोबाइल फोनको सेवा बन्द गरिएको छ । उद्योगहरूको उत्पादन पनि बन्द हुन पुगेको छ । ऊर्जा संकटकै कारण पानीको आपूर्ति जुनसुकै समयमा बन्द हुन सक्ने भन्दै स्थानीयले चिन्ता गरेका छन् ।

ऊर्जा संकटको प्रभाव उद्योगसँगै प्रान्तको सेनयाङ र डालियन सहरमा बसोबास गर्ने १ करोड ३० लाख जनसंख्यामा प्रत्यक्षरूपमा परेको छ । एप्पल र टेस्ला कम्पनीका आपूर्तिकर्ताको स्वामित्व रहेका उद्योगहरू पनि ऊर्जा संकटको मारमा परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले लेखेका छन् । 

प्रान्तका हानले ऊर्जा संकट निवारणका लागि कोइलाको आयात बढाउन विभिन्न धेरै तरिकाबाट जानुपर्ने आवश्यकता देखिएको बताए । उनले चीनले रुस, मंगोलिया, इन्डोनेसियालगायत देशबाट कोइलाको आयात बढाउन सक्ने बताए । प्रान्त सरकारले कोइला आयातको सम्झौताका लागि विशेष टोली मंगोलिया पठाउने भएको छ । 

कार्बन उत्सर्जन घटाउन कोइलामा अधिक मूल्यवृद्धि हुँदा यसको असरले चीनमा ऊर्जा संकटको अवस्था आएको समाचारहरूमा जनाइएको छ । कोइला अभावमा थर्मल प्लान्टहरू नियमित चल्न नपाउँदा गएको सातादेखि नै उत्ती पूवी चीनका कयौं स्थानमा माग बढी हुने समयमा विद्युत कटौती हुँदै आएको छ । चीनका अधिकांश थर्मल प्लान्ट कोइलामा आधारित छन् । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit