विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मिडिल मोदी हाइड्रो पावर कम्पनीले पर्वतमा निर्माण सम्पन्न गरेको १८ मेगावाटको मध्यमोदी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । कम्पनीले आयोजनाको सिभिल संरचना, उपकरण जडानको परीक्षण पूरा गरी उत्पादन परीक्षण सुरु गरेको हो ।

कम्पनीले आयोजनाको सम्पूर्ण काम पूरा गरेर मंसिर १९ गतेदेखि आन्तरिक परीक्षण सुरु गरेको थियो । २०७१ मंसिरदेखि निर्माण सुरु भएको आयोजनाको काम ८ वर्षमा सम्पन्न गरी परीक्षण सुरु गरिएको थियो ।

उपकरण परिक्षण सम्पन्न गरी पुस ५ गतेदेखि उत्पादन परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उत्पादन परीक्षण सुरु भएको दुई सातासम्म ‘ट्रायल फेज’ परीक्षण हुनेछ । आगामी एक साताभित्र व्यावसायीक उत्पादनको तयारी भइरहेको कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरि विद्युत प्रणालीमा जोडिएको थियो ।

निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको आयोजना प्रमुख प्रवित देसारले बताए । उनका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत १३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जोडिएछ ।

निर्माण सुरु गर्ने बेलामा २ अर्ब ८० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि निर्माणमा भएको ढिलाइ, महँगी, आन्दोलनलगायतका समस्याका कारण आयोजनाको लगानी सोचेको भन्दा दोब्बर अर्थात् ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । आयोजनाको काम यसअघि नै सम्पन्न गर्ने लक्ष्य भएपनि आयोजना प्रभावित स्थानीयले पटक–पटक आन्दोलन, काेभिड-१९ र विरोध तथा प्राकृतिक विपदका कारण लम्बिएको खरेलले बताए ।

भूकम्प, बाढी र पहिरा, कारोना महामारीले गर्दा आयोजनाको उत्पादन तालिका प्रभावित भएको हो । सुरुवातमा १५.१ मेगावाट क्षमतामा निर्माण गर्ने भनिएपनि पछि क्षमता विस्तार गरेर १८ मेगावाटमा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit