विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी क्षेत्रका ३ जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनीबीच विद्युत्को ‘कनेक्सन एग्रिमेन्ट’ सम्पन्न भएको छ । दोलखा र मुगु जिल्लामा निर्माण हुने ६०० मेगावाट बराबरका ३ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न जलविद्युत् प्रवद्र्धक र ग्रिड कम्पनीबीच एग्रिमेन्ट भएको हो । ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नेत्रप्रसाद ज्ञवाली र प्रवद्र्धक कम्पनीका प्रमुखहरुले सोमबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

नासा हाइड्रोपावर लिमिटेडले दोलखामा निर्माण गर्ने १६० मेगावाटको ल्याप्चे खोला, इलिभेट इनर्जी प्रालिले मुगुमा निर्माण गर्ने ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली र एपोलो इनर्जी प्रालिले मुगुमै निर्माण गर्ने १३५ मेगावाटको नमलान खोलाबाट उत्पादित विद्युत् प्रसारण गर्न उक्त सम्झौता गरिएको हो । 

ल्याप्चे खोलाको बिजुली ग्रिड कम्पनीले निर्माणका लागि प्रस्ताव गरेको २२० केभी लामाबगर सबस्टेसनमा जोड्नका लागि सम्झौता भएको हो । त्यस्तै, माथिल्लो मुगु कर्णालीबाट उत्पादित विद्युत् ग्रिड कम्पनीले निर्माण प्रस्ताव गरेको ४०० केभीको प्रसारण लाइन तथा हुम्ला हबमा र नमलान खोलाको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत हुम्ला हब सबस्टेसनमै जोड्ने गरी सम्झौता गरिएको हो । 

ल्याप्चे खोला प्रसिद्ध उद्योगपति मोतीलाल दुगड तथा माथिल्लो मुगु कर्णाली र नमलान खोला अर्का उद्योगपति पवन गोल्यानको समूहले निर्माण अगाडि बढाइरहेका आयोजना हुन् । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा सचिव गोपाल सिग्देल, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका सिइओ नेत्रप्रसाद ज्ञवालीलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit