images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दोलखा र मुगु जिल्लामा निर्माण हुने ६०० मेगावाट बराबरका ३ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने उद्देश्यसहित आज (माघ १५ गते) ती आयाेजनाका प्रवर्द्धक र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबीच ‘कनेक्सन एग्रिमेन्ट’ हुन लागेको छ ।

नासा हाइड्रोपावर लिमिटेडले दोलखामा निर्माण गर्ने १६० मेगावाटको ल्याप्चे खोला, इलिभेन्ट इनर्जी प्रालिले मुगुमा निर्माण गर्ने ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली र एपोलो इनर्जी प्रालिले मुगुमै निर्माण गर्ने १३५ मेगावाटको नमलान खोलाबाट उत्पादित विद्युत् प्रवाह गर्ने उद्देश्यले उक्त सम्झौता गर्न लागिएको हो ।

ल्याप्चे खोलाको बिजुली ग्रिड कम्पनीले निर्माणका लागि प्रस्ताव गरेको २२० केभी लामाबगर सबस्टेसनमा जोड्नका लागि सम्झौता हुन लागेको छ । यस्तै, माथिल्लो मुगु कर्णालीबाट उत्पादित विद्युत् ग्रिड कम्पनीले निर्माण प्रस्ताव गरेको ४०० केभीको प्रसारण लाइन तथा हुम्ला हबमा र नमलान खोलाको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत हुम्ला हब सबस्टेसनमै आवद्ध गर्ने गरी सम्झौता हुने भएको छ ।

ल्याप्चे खोला प्रसिद्ध उद्योगपति मोतीलाल दुगड तथा माथिल्लो मुगु कर्णाली र नमलान खोला अर्का उद्योगपति पवन गोल्यानको समूहले निर्माण अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit