विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) र हाइड्रो ल्याब नेपालबीच जलस्रोत विकासको प्रवद्र्धन तथा अध्ययन अनुसन्धान गर्ने विषयमा समझदारी भएको छ । केही दिन अगाडि भएको समझदारीमा चेस्कोका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापा र हाइड्रो ल्याबका मेघबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार दुवै कम्पनीबीच जलस्रोत विकाससँग सम्बन्धित अनुसन्धान गतिविधिको प्रवद्र्धन गर्न प्राविधिक विषेशज्ञ, अनुसन्धान, इन्जिनियरिङ डिजाइन, हेडवक्र्सको भौतिक अध्ययन तथा जलविद्युत् आयोजनासँग सम्बन्धित परामर्श सेवामा सहकार्य हुनेछ । साथै, द्विपक्षीय सहयोग आदानप्रदान गर्ने गरी समझदारी भएको छ ।

यसैगरी, दक्ष जनशक्ति तथा प्रविधिको आदानप्रदान एवं तालिमहरू सञ्चालन गर्ने तथा अन्य सम्बन्धित विषयका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनमा समेत सहकार्य गर्न सकिने समझदारीमा उल्लेख छ ।

यस प्रकारको समझदारी अनुुसार काम गर्दा राष्ट्रको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा थप टेवा पुग्ने चेस्कोका अध्यक्ष सुभाषकुमार मिश्रले बताए । यस्तै, चेस्कोका प्रमुख कार्यकारी अधिकृत थापाले राष्ट्र निर्माणमा प्राविधिक तथा अनुसन्धानात्मक पक्षको मुख्य भूमिका महत्त्वपूर्ण रहने हुँदा समझदारीले विकास निर्माणलाई गति दिने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३