विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

अरुण–३ जलविद्युत् आयोजनाको निर्माण अहिलेसम्म करिब ७४ प्रतिशत पूरा भएको छ । यो आयोजनाको निर्माण सन् २०१८ को अन्त्यतिर सुरु भएको थियो । काम सुरु गर्दै गर्दा स्थानीय तहदेखि केन्द्रसम्म अनेक समस्या थिए । यसबाट व्यवस्थापनमा द्विविधा उत्पन्न भयो, आयोजना अगाडि बढाउने वा नबढाउने ? जब हामी समस्या लिएर सरकारसमक्ष पुग्यौँ, हामीमा आत्मबल बढ्दै गयो ।

नेपालमा सरकार तथा उच्च सरकारी कर्मचारीलाई भेट्न निकै सजिलो रहेछ । हामीले सजिलै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समस्या सुनायौँ । समस्या सुनिसकेपछि सरकारले आयोजना विकासका क्रममा उत्पन्न हुने समस्या समाधान गर्ने तथा अन्य सुरक्षाको पूर्ण प्रत्याभूति दियो । त्यसयता, नेपाल सरकारले हरेक क्षणमा हरेक समस्या समाधान गर्न सहयोग गर्‍याे । यही कारणले हामीले लक्षित उपलब्धि हासिल गर्न सक्यौँ ।

केपी ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । समस्या आइरहे, हामीले देउवालाई गुनासा सुनाइरह्यौँ, उहाँले पनि उत्तिकै सहयोग गर्नुभयो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, उहाँले अझ निकट रहेर विगतदेखिको सहयोगलाई निरन्तरता दिनुभएको छ । दाहालले त हाम्रा समस्या सुनेर डायरीमा नोट गर्नुभयो । समाधान गर्न निरन्तर लागिरहनुभयो । नेपालमा काम गर्दा हामीले सरकारबाट यस प्रकारको सहयोग पाइरहेका छौँ ।

अब अरुण–३ पछि हामीले अरुण–४ (४९५ मेगावाट) र तल्लो अरुण (६६९ मेगावाट) विकास गर्ने तयारीमा जुटेका छौँ । तल्लो अरुण त यो वर्ष नै निर्माणमा जाँदैछ । जब हामीलाई समस्या हुन्छ, तब सरकारका उच्च पदाधिकारीलाई फोनमार्फत नै त्यसको जानकारी गराउँछौँ । हाम्रा कुरा सुनेपछि उहाँहरू समस्या समाधानमा तुरुन्त अग्रसर हुनुहुन्छ । स्थानीय तह जिल्लादेखि प्रदेश सरकारसम्म समन्वय गरेर बैठक राख्नुहुन्छ र समस्या समाधानमा सहयोग पु¥याउनुहुन्छ ।

यी गतिविधिले के देखाउँछ भने नेपाल सरकारले देशलाई लगानीमैत्री बनाउँदै छ । यसमा लगानी बोर्ड नेपालले पनि उत्तिकै सक्रियताका साथ काम गरिरहेको छ । हामी लगानीकर्ता कम्पनीहरूलाई भन्न चाहन्छौँ– तपाईंहरू नेपालमा लगानी गर्न चाहनुहुन्छ भने ढुक्क भएर आउनुस्, सरकारले पूर्ण सहयोग गर्छ ।

सतलज जलविद्युत् निगम (एसजेभिएन) कै कुरा गर्दा कम्पनीले अहिलेसम्म ५६ गिगावाट विद्युत् उत्पादन गरिसकेको छ । सोलार, वायु, जलविद्युत् र हाइड्रोजनमा समेत आफ्नो सक्रियता बढाएको छ । अब म विदेशी लगानीकर्तालाई भन्छु । यदि, तपाईं नेपालमा लगानी गर्न चाहनुहुन्छ भने सरकारले सबै प्रकारका सहयोग गर्नेछ । लगानी बोर्डले पनि त्यो भूमिकामा आफूलाई उभ्याएको हामीले पाएका छौँ ।

एसजेभिएनले, विस्तारै हरित हाइड्रोजन विकासमा पनि काम सुरु गरेको छ । भारत सरकारले एसजेभिएनलाई नेपालमा हरित हाइड्रोजन विकास गर्न अधिकार प्राप्त निकाय (नोडल एजेन्सी) तोकेको छ । जसले, नेपालमा हरित हाइड्रोजनको पारीक्षण परियोजना (पाइलट प्रोजेक्ट) विकास गर्दैछ । अतः नेपाल हरित ऊर्जा लगानीका लागि उचित गन्तव्य हो ।

९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजना विकास गरिरहेको एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत धिमानले नेपाल लगानी सम्मेलन, २०२४ मा व्यक्त विचारको सम्पादित अंश । 
 

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit