विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडाैँ उपत्यकाकाे ५ ठाउँमा दैनिक ४ घण्टाका दरले विद्युत् काटिने जनाएकाे छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युतीय वितरण लाइन भूमिगत गर्ने कामका लागि विद्युत् काटिने भएको प्राधिकरणले सूचना जरी गरेकाे छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् लाइन अवरुद्ध रहनेबारे प्राधिकरणले सर्वसाधारणलाई जानकारी दिएको छ । 

वैशाख १६ गते रिंग मेन र कालीमाटी फिडर अन्तर्गत सोल्टी मोडदेखि रविभवनसम्मको क्षेत्र विद्युत् काटिएकाे छ भने वैशाख १७ गते बलम्बु र थानकोट फिडर रहने भएकाले नैकापदेखि बलम्बुसम्मको क्षेत्रमा विद्युत् काटिने छ । 

वैशाख १८ गते कालीमाटी फिडर र त्यसदिन रविभवनदेखि कलंकी चोकसम्मको क्षेत्रमा लाइन काटिने छ ।वैशाख २० गते भने बलम्बु र थानकोट फिडरका दिन नैकापदेखि बलम्बु सम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने छ । 

त्यस्तै, थानकोट र मातातीर्थ फिडर वैशाख २१ गते हुने र त्यसदिन हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् काटिने प्राधिकरणले जनाएको छ । 

विद्युत् आपूर्ति बन्द हुन गएकोमा नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी रहेको र मौसम प्रतिकूल रहेमा सटडाउन नहुने समेत प्राधिकरणले सूचनामा बताएको छ । 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit