विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । श्वेत–गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले जेठ २३ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रामेछापमा निर्माणाधीन २८.१ मेगावाटको तल्लो लिखु खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । 

जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँकाे १० प्रतिशतले हुुन आउने सय रुपैयाँ अंकित १५ लाख ९३ हजार रुपैयाँ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकाेसी गाउँपालिकाको वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता सेयर छुट्याइएकाे छ ।

आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नं. ११, १२ र १३ तथा रामेछाप नरपालिकाको वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं. १, २ र ३ लाख ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता सेयर निष्कासन गर्न लागिएकाे हो ।

कम्पनीको सेयर खरीदका लागि छिटोमा असार ६ गते र ढिलोमा आसार २१ गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

स्थानीय तथा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन  दिन पाउनेछन् । कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम आधा भन्दा बढी सकिएको छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभी न्यू खिम्ती सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit