विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशीक कार्यालयले विद्युत महसुल तिर्न अटेर गरेको १३ सय ग्राहकको लाइन काटी करिब साढे ४ करोड रुपैयाँ बक्यौता उठाएको छ । कार्यलयले महसुल नतिर्ने ग्राहककाे २०७८ काे साउन र भदौ महिनामा लाइन काटेर कारबाही गरेको हो । 

महसुल नतिरेका १२ सय ९५ ग्राहकको लाइन काटिएको लुम्बिनीका प्रादेशीक कार्यालय, बुटवलले जनाएको छ । कार्यलयका अनुसार लाइन काटिएकामध्ये केहीले ४ करोड ५३ लाख ९० हजार ५ सय २ रुपैयाँ बक्यौता तिरेपछि लाइन जाेडिएकाे छ । बाँकीले पनि ३ करोड ८५ लाख ६४ हजार ३ सय १७ रुपैयाँ बराबरकाे बक्यौता बुझाएपछि लाइन जाेडिने कार्यालयले जनाएको छ ।

बर्दघाट वितरण केन्द्रले ५ दिनको अवधिमा १८१ जना ग्राहकको लाइन काटी १६ लाख ११ हजार ९ सय ४७ रुपैयाँ उठाएको छ । त्यसैगरी, गुल्मी वितरण केन्द्रले २५ जना ग्राहकबाट १६ लाख ७७ हजार ७ सय ४५ रुपैयाँ र अर्घाखाची वितरण केन्द्रले २० जना ग्राहकबाट १ लाख २८ हजार ७ सय ६ रुपैयाँ बक्यौता असुल गरेको लुम्बिनी प्रादेशीक कार्यालयले जनाएको छ ।

यस्तै, १ महिनाको अवधिमा परासी वितरण केन्द्रले २०० ग्राहकको लाइन काटी १ करोड २० लाख २७ हजार १३ रुपैयाँ, नयामिल वितरण केन्द्रले ९३ जना ग्राहकबाट  ९५ करोड १७ लाख २० हजार रुपैयाँ, तौलीहवा वितरण केन्द्रले १२७ ग्राहकबाट ४० लाख २० हजार ७ सय ८७ रुपैयाँ, भैरवा वितरण केन्द्रले ५५ जना ग्राहकबाट ६१ लाख २७ हजार ६ सय ५५ रुपैयाँ असुल गरेकाे छ ।

कृष्णनगर वितरण केन्द्रले ११० ग्राहकबाट ३३ लाख ९७ हजार ९ सय ७८ रुपैयाँ, अमूवा वितरण केन्द्रले ३४४ जना ग्राहकबाट ३८ लाख १२ हजार २ सय ६८ रुपैयाँ, पाल्पा वितरण केन्द्रले १४ जना ग्राहकबाट ७ लाख ५९ हजार ७ सय १५ रुपैयाँ र बुटवल वितरण करणले १३९ गा्रहकबाट २३ लाख ९ हजार ४ सय ४ रुपैयाँ बक्यौता उठाएको  कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit