विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत भदौ ९ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

सर्वसाधारणले सेयर भर्न उत्साहजनक सहभागिता देखाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको भन्दा बढी सेयर आवेदन परेको छ ।

कम्पनीले तेह्रथुममा सञ्चालित ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सय रुपैयाँमा अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईविएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत ११ गते सेयर निष्कासन अनुमति पाएको थियो । कम्पनीले पहिलो पटक २०७६ असोज १३ गते सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमतिका लागि बोर्डमा आवेदन दिएको थियो । लामो समयसम्म थप प्रक्रिया अघि नबढेपछि बोर्डले कम्पनीलाई सूचीबाट हटाइदिएको थियो । कम्पनीले केही महिनाअघि दोस्रो पटक आवेदन दिएको थियो । कम्पनीले निर्माण गरेको आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit