विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध बनेको लमजुङस्थित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको निर्माण सुचारु भएको छ । बाढीले क्षतिग्रस्त पहुँच सडकको पुनर्निर्माण गरी आयोजनाको निर्माण सुचारु गरिएको हो ।

असारदेखि ठप्प भएको आयोजनाको काम साढे ३ महिनापछि सुचारु गरिएको प्रवद्र्धक पिपुल्स हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक केशबबहादुर रायमाझीले बताए । उनका अनुसार अहिले आयोजनाको विद्युतगृह र मुख्य सुरुङमा मात्रै काम सुचारु भएको छ ।

‘बाढीले पहुँच सडक भत्काएपछि निर्माण सामाग्री ढुवानी हुन नसक्दा असारदेखि नै आयोजनाको निर्माण पूर्णरूपमा ठप्प थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘बाढीको जोखिम कम भएपछि पहुँच सडक बनाएर आयोजनाको काम भर्खरै सुचारु गरेका छौं ।’ उनले बाँध क्षेत्रसम्म पुग्ने पहुँच सडक अझै तयार भइनसकेकाले त्यहाँको निर्माण सुचारु हुन नसकेको बताए ।

अहिले विद्युतगृह र मुख्य सुरुङमा काम सुचारु भए पनि दशैं तिहारपछिबाट मात्रै तीव्रता पाउने रायमाझीले बताए । आयोजनाबाट आगामी फागुनदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका छ । बाढी तथा कोरोना (कोभिड–१९) महामारीका कारण लामो समय निर्माण प्रभावित हुँदा विद्युत उत्पादन गर्ने यो तालिका प्रभावित हुने देखिएको छ ।

तोकिएको तालिकाभन्दा ६ देखि ८ महिना उत्पादन धकेलिने सम्भावना देखिएको उनले बताए । गत असार १ गते राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्याएको थियो । 

बाढीले १ अर्ब रुपैयाँ बढीको क्षति गरेको अनुमान छ । बाँध क्षेत्रमा अझै पुग्न नसकिएकाले क्षतिको यकिन तथ्यांक अझै पनि आइनसकेको रायमाझीले बताए । बाँध क्षेत्र नजिकै पहिरो खसेकाले अहिलेसम्म पुग्न सकिएको छैन । पहिरो पन्छाएर बाँधमा पुग्न अझै केही दिन लाग्ने कम्पनीले जनाएको छ ।आयोजनाकाे ७५ प्रतिशत बढी निर्माण पूरा भइसकेकाे छ ।

आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण लम्बिँदा अनुमानित लागत पनि केही बढ्ने देखिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् । जिल्लाबासीले पनि २७ करोड रुपैयाँ लगानी गरेका छन् ।

आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युत प्रवाह गर्न निर्माण गरिएको प्रसारण लाइनमा पनि बाढीले क्षति गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit