विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तुम्लिङटार–प्याउली ३३ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले संखुवासभाको तुम्लिङटारदेखि भोजपुरको प्याउलीसम्मको करिब २४ किलोमिटर लाइन पूरा गरेको हो ।

ढेड वर्षअघि देखि निर्माण सुरु भएको लाइनको काम सम्पन्न भएको प्राधिकरण भोजपुर वितरण केन्द्र प्रमुख पुरुषोत्तम रेग्मीले बताए । उनका अनुसार स्थानीयबासीका लागि गुणस्तर विद्युत सेवा वितरण गर्नका लागि निर्माण गरिएको लाइन सम्पन्न भएको हो ।

‘लाइनको काम सबै पुरा गरेर आज (बुधबार) देखि परीक्षण गर्ने योजना थियो,’ उनले ऊर्जाखबरसँग भने, ‘तर भारी वर्षा परेकोले परीक्षण रोकिएको छ ।’ अब मौसम सफा भएपछि परीक्षण प्रसारण गरिनेछ ।

लाइनमा करिब ६ सय बढी पोल खडा गरिएको केन्द्रले जनाएको छ । जिल्लाका स्थानीयलाई गुणस्तर र भरपर्दाे विद्युत सेवा वितरण गर्न यो लाइन निर्माण गरिएको हो । यसअघि धनकुटा–हिले–भोजपुर प्रसारण लाइन बाट विद्युत ल्याएर वितरण गरिएको थियो ।

लाइनमा सयमसमयमा ट्रिपिङ हुने लगायतका समस्या आएपछि यो लाइन निर्माण गरिएको हो । यो लाइन सञ्चालनमा आएपछि स्थानीयले भरपर्दाे र गुणस्तर विद्युत सेवा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit