विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सडक विभागले ‘कटिङ’ अनुमति नदिँदा भूमिगत विद्युत वितरण लाइन निर्माण कार्य प्रभावित भएको छ । विभागले भूमिगत वितरण लाइनको रुटमा पर्ने सडक खनेर मुनि केबल राख्ने अनुमति दिन ढिलाे गर्दा निर्माण प्रभावित हुन पुगेको हो ।

भूमिगत लाइनकाे रत्नपार्क क्षेत्रमा पर्ने रुटको अनुमति पाउन समय लागेको नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक रामजी भण्डारीले बताए । ‘विभागले अनुमति दिएका केही स्थानको काम सम्पन्न भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘मुख्य रुटमा अझै अनुमति मिलेको छैन ।’

उनले वितरण लाइनको केबल बिछ्याउन अनुमति नपाउँदा निर्माण सुस्त भएको बताए । विभागले रत्नपार्क, नागपोखरी, बागबजार–पुतलीडसक,जमल–लैनचौर र माइतीघर–तिनकुने रुटमा केबल बिछ्याउन अनुमति दिएको छैन ।

अनुमति मिलेको लैनचौरदेखि साँग्रिला होटलसम्मको रुटको लाइन भूमिगत गर्ने काम भइरहेको आयोजना प्रमुख सुमन श्रेष्ठले बताए । उनका अनुसार यो रुटको एउटा सर्किटको काम सकिएर अर्को सर्किटको काम हुँदैछ ।

नयाँ बजार टाउन प्लानिङ र भित्री ठमेलमा पनि बिना अवरोध काम भइरहेको छ । ‘रुट सहज भएको ठाउँमा पहिले नै काम सम्पन्न गरिसकेका छौ । केही स्थानको निर्माण जारी छ । तर, केही मुख्य रुटको अनुमति अझै पाउन सकिएको छैन’ उनले भने ।

धोबीखोलाको एउटा रुटका लागि पनि भर्खरै अनुमति पाएको श्रेष्ठले बताए । अर्को रुटका लागि छलफल भइरहेको छ । माइतीघर–तिनकुने रुटको अनुमतिका लागि पनि छलफल भइरहेको छ ।

सडककाे रुट नपाएकै कारण भूमिगत आयोजनाको निर्माण अवधि लम्बिएको उनले बताए । कोरोना (कोभिड–१९) को असर र सडक खन्ने अनुमति पाउन भएको ढिलाईले आयोजना लक्ष्यभन्दा १ वर्ष धकेलिने उनले प्रष्ट पारे ।

विभागबाट सहजै अनुमति पाएको चाबहिल–मित्रपार्क, चाबहिल–चुच्चेपाटी र कोटेश्वर–जडिबुटी खण्डको वितरण लाइन भूमिगत गर्ने कार्य सम्पन्न भइसकेको छ । लैनचौर–बुढानिलकण्ड खण्ड पनि अन्तिम चरणमा पुगेको छ ।

विद्युत प्राधिकरणले विद्युत वितरण प्रणालीलाई भूमिगत बनाउन पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गत काम गरिरहेको हो ।
चाबहिल क्षेत्रमा रत्नपार्क र महाराजगन्जदेखि बुढानिलकण्ठसम्म महाराजगन्ज वितरण केन्द्र अन्तर्गत विद्युत वितरण लाइन भूमिगत गर्ने कार्य सुरु गरिएको हो ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत रत्नपार्क, बागबजार, पुतलीसडक, न्युरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, नयाँ बजार, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, नक्साल, लाजिम्पाट, गौशाला, एयरपोर्ट, चाबहिल, बौद्ध, जोरपाटीलगायत स्थानको विद्युत वितरण लाइन भूमिगत गरिने छ ।

यस्तै, महाराजगन्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, महाराजगन्ज, धापासी, बसुन्धारा, शिवपुरी, चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिङ हस्पिटललगायतका स्थानमा लाइन भूमिगत गर्ने प्राधिकरणको योजना छ ।

प्राधिकरणले २ वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रको लाइन भूमिगत गर्न २०१९ को मार्चमा भारतको कम्पनी केइआई इन्डस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो ।

आयोजनामा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा प्राधिकरणको लगानी छ । यो आयोजना अन्तर्गत करिब २ सय ५० किलोमिटरमा ११ हजार भोल्ट, र ४ सय किलोमिटरमा ४ सय भोल्टको भूमिगत वितरण लाइन निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit