विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

 

पाल्पा (फोक्सिङकोट) । रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजा गाउँका स्थानीयबासीलाई खानेपानीको दिगो स्रोत नहुँदा पिरल्थ्यो । खडेरीयाम सुरु भएपछि पानीको जोहो कसरी गर्ने चिन्ताले सताउँथ्यो । 

खानेपानी समस्यालाई दृष्टिगत गर्दै धारादी खानेपानी तथा सरसफाइ आयोजनामार्फत लिफ्टिङ गरेर घरघरमा पानी वितरण गरिएपछि समस्या सधैका लागि टरेको छ ।

पानीको मुहान तल र बस्ती माथि रहेको गाउँमा लिफ्टिङ गरेर खानेपानीको व्यवस्था गरिएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर सारुले बताए । उनका अनुसार हाललाई ४३ घरधुरीमा खानेपानी वितरण गरिएको छ । खानेपानीका निम्ति कष्ट भोग्दै आएका यहाँका स्थानीयबासी घरघरमा पानी आउँदा दङ्ग छन् । पानीका लागि अन्यत्र खोजीमा भौतारिपनुपर्ने अवस्था सदाका निम्ति हटेको स्थानीयबासी एकबहादुर रानाले बताए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पा, बुटवल पावर कम्पनी गल्याङ, रम्भा गाउँपालिका, वडा कार्यालय र स्थानीयबासीको सहयोगसहित करिब ४७ लाख १५ हजार रुपैयाँमा आयोजना सम्पन्न गरी घरघरमा पानी वितरण गरिएको छ । 

पानी फाल्न धारादीमा २० हजार लिटर क्षमताको ट्याङ्की बनाइएको छ ।  दैनिक चार घण्टा मेशिन सञ्चालन गरी पानी वितरण कार्य भइरहेको अपरेटर चेतबहादुर घर्तीले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit