विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशकै सबभन्दा ठूलो सार्वजनिक संस्थान नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूलाई चुनाव लागेको छ । प्राधिकरणकाे आधिकारीक  ट्रेड युनियनकाे निर्वाचनका लागि संस्थानमा क्रियाशील ट्रेड युनियनहरू नेतृत्व लिनका लागि प्रचारप्रसारमा लागेका हुन् ।

वैशाख २८ गते हुने निर्वाचनका लागि ४ वटा ट्रेड युनियनका अगुवाहरू प्राधिकरणको देशभर रहेका कार्यालयहरूमा पुगेर आफ्नो पक्षमा मत पार्न लागि परेका छन् । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनमध्येबाट आधिकारिता प्राप्त गरेपछि दुई वर्षका लागि निर्वाचन हुन लागेको हो ।

प्राधिकरणको आधिकारीक ट्रेड युनियन निर्वाचन–२०८० निर्वाचनका लागि देशभरका ८ हजार ५ सय बढी कर्मचारीले मतदान गर्नेछन् । जनताको आवश्यकता पूरा गर्न तथा रोजगारी सिर्जना गर्न र देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्राधिकरणको गतिविधिलाई थप प्रभावकारी तुल्याउनका लागि आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै आएको छ ।

सतप्रतिशत नेपाल सरकारको स्वमित्व रहेको प्राधिकरणले हरेक नागरिकको घरमा उज्यालो पुर्याए सँगै देशको समृद्धिमा योगदान समेत गर्दै आएको छ । संस्थाको गर्विलो इतिहासलाई अझ उजिल्याउने कार्यमा योगदान पुर्याउने उद्देश्यका साथ आफूहरू निर्वाचितमा होमिएको राष्ट्रिय कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले बताए । प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनबीच हुने प्रतिस्पर्धामा राष्ट्रिय कर्मचारी युनियन अग्रस्थानमा हुने उनको दाबी छ ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ सालमा भएको थियो । त्यो बेलाको निर्वाचन राष्ट्रिय कर्मचारी युनियनले जितेको थियो । प्रत्येक २÷२ वर्षमा हुनुपर्ने निर्वाचन कोभिड–१९ महामारी र आम निर्वाचनका कारण पछि सरेको थियो । निर्वाचित ट्रेड युनियनको प्रतिनिधि प्राधिकरणको सर्वोच्च कार्यकारी निकाय सञ्चालक समितिमा आमन्त्रित सदस्यका रुपमा रहन पाउने कानुनी व्यवस्था रहेको छ ।

राष्ट्रिय कर्मचारी युनियनले आधिकारीता प्राप्त गरेसँगै कर्मचारीको सेवा सुविधा वृद्धि गर्नेमात्र नभइ संस्थाको समृद्धिको योजना पेश गर्ने र आम ग्राहकहरूले पनि गुणस्तरीय सेवा सुनिश्चितताका लागि काम गरेको अधिकारीले बताए ।

‘सहज सेवा, स्वच्छ विचार जस्ता कार्यक्रम सञ्चालन गरेर हरेक कार्यालयमा एकद्वार प्रणाली लागु, ग्राहकलाई खानेपानी, फोटोकमी र टेलिभिजनको व्यवस्था, सफा र स्वच्छ राख्ने एवं प्रतिक्षालय राख्नेजस्त महत्वपूर्ण रचनात्मक कार्य गरेका छौं’ उनले भने ।

प्राधिकरणले नेपाल सरकारबाट पाउनुपर्ने विभिन्न रकम नपाएको अवस्थामा खबरदारी गरेर त्यस्ता रकम उपलब्ध गराउन राष्ट्रिय कर्मचारी युनियनले गरेको उनको भनाइ छ ।

चुहावट नियन्त्रण, डिजीटल कार्यक्रमजस्ता महत्वपूर्ण कार्यक्रम लागू गर्न आफूहरूले निरन्तर पहल गरेको उल्लेख गर्दै अधिकारीले कर्मचारीका हकहित, सेवा सुविधाका लागि निरन्तर आवाज उठाउन इमान्दारीपूर्वक काम गरेकै कारण आगामी दिनमा पनि राष्ट्रिय कर्मचारी युनियन नै निर्वाचित हुने विश्वास गरेको बताए ।

त्यसैगरी कर्मचारी सघंका अध्यक्ष जनार्दन भट्टराईले संस्थाको स्थायित्व र कर्मचारीको सेवा सुविधाका विकासको एजेण्डा लिएर आधिकारीक ट्रेड युनियनको निर्वाचनमा लागेको बताए ।

विद्युत प्राधिकरणमा स्थायी, अस्थायी र ज्यालादारी गरेर १४०० कर्मचारी रहेका छन् । यद्यपी प्राधिकरणको स्थायी ११ हजार दरबन्दी रहेको छ । एक तहदेखि नौ तहसम्मका कर्मचारीले मतदान गर्न पाउँछन् । कार्यालय प्रमुख, बजेट केन्द्र प्रमुख र १० तहदेखिका कर्मचारीले भने भोट हाल्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit