विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साहस ऊर्जा कम्पनीले १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु खोला (दूधकोसी) जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न अनुमति पाएको हो ।

बोर्डले प्रतिकित्ता सय रुपैयाँ अंकित १ अर्ब ५ करोड रुपैयाँ मूल्यको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न बिहीबार अनुमति दिएको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । ‘हामीले बोर्डमा सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘हिजो मात्रै बोर्डले अनुमति दिएको छ । अब बाँकी प्रक्रिया पूरा गरेर सेयर निष्कासन गर्छौं ।’

उनले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिने उनले बताए । कम्पनीले स्थानीयबासीका लागि ३५ करोड रुपैयाँ (३५ लाख कित्ता) मूल्यको सेयर स्थानीयबासीका लागि छुट्याइएको छ । स्थानीयका लागि भदौ पहिलो सातादेखि सेयर बिक्री खुल्ला गर्ने गरी तयारी सुरु गरेको पाठकले जानकारी दिए ।

स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेपछि सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी र सर्वसाधारणका लागि ७० करोड रुपैयाँ मूल्यको ७० लाख कित्ता सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मेवारी एनआइबिएल एस क्यापिटलले पाएको छ । कम्पनीले इकरा नेपालबाट ‘बि बि प्लस’ रेटिङ पाएको छ । कम्पनीको सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

आयोजनाको ७४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैंकले लगानी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit