विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयात निगमले दसैँ बिदामा कुनै पनि पेट्रोल पम्पहरू बन्द नहुने जनाएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुल्ला हुने भएको हो ।

निगमले सूचना जारी गर्दै पेट्रोल पम्प सँगैे सहज आपूर्तिका लागि दसैँ बिदामा १३ वटा डिपोहरू खुल्ला रहने जानकारी दिएको छ । दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पप्पहरू खुल्ला राख्न निगमले यस्तो निर्णय गरेको हो ।

प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगंज डिपो असोज १६, २९ र २१ गते खुला हुने निगमले जनाएको छ । यसैगरी बागमतीको थानकोट र गण्डकीको पोखरा असोज १५, १६, १८ र २१ गते खुला हुनेछ । साथै, लुम्बिनीको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णाली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछ ।

यस्तै, सुदुर पश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला हुनेछन् । अन्य सहरहरूमा नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलका डिपो पनि २१ गतेसम्म खुला रहनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit