विद्युत अपडेट

  • प्राधिकरण : ५६३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८३५६ मे.वा.घन्टा
  • आयात : १००१३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९३५९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८० मे.वा.
२०८२ चैत १, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

वीरगञ्ज । चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजीं), एभिएशन टर्बाइन फ्युल (एटिएफ), मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ४ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

चालु आवको ६ महिनामा ४२ अर्ब २४ करोड बराबरको ४ लाख ७९ हजार ७ सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

चालु आवको ६ महिनामा २ लाख २० हजार ३८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ । 

चालु आवको ६ महिनामा ८ अर्ब ९ करोड बराबरको ८९ हजार ३८० किलोलिटर (एटिएफ) आयातबाट १ अर्ब १ करोड तथा ३६ करोड २० लाख बराबरको ४ हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड राजस्व संकलन भएको जनाइएको छ । 

आव २०८०/८१ को ६ महिनामा ८८ अर्ब ७८ करोड बराबरका ५ थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३