विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ मोदी–लाहाचोक १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन गरेको छ । नयाँ मोदी– लेखनाथ प्रसारण लाइन अन्तर्गत पर्वतको मोदीदेखि कास्कीको लाहाचोकसम्म निर्माण सम्पन्न भएको २१ किलोमिटर खण्ड बुधबारबाट सञ्चालनमा आएको हो ।

लाहाचोकमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनमा ३० एमभिएको पावर ट्रान्सफर्मर जडान गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको हो । यो सबस्टेसनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति गरिने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन र सबस्टेसन निर्मण सम्पन्न भई सञ्चालनमा आएसँगै त्यस क्षेत्रको विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार भई सेवा दिगो र गुणस्तरीय हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘यो भन्दा पहिला पोखराबाट लगिएको लाइनबाट माछापुच्छ्रे र अन्नपूर्णमा विद्युत आपूर्ति हुँदै आएको थियो,’ उनले भने, ‘लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका धेरै समस्या थिए । अब लाहाचोक सबस्टेशनबाटै त्यस क्षेत्रमा विद्युत आपूर्ति सुरु भएकाले ती समस्याको समाधान भएको छ ।’ 

उनले अब त्यस क्षेत्रका ग्राहकले पाउने विद्युत सेवा दिगो र गुणस्तीय हुनुका साथै प्राविधिक चुहावट पनि कम हुने बताए । प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी– लेखनाथ खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ । २१ किलोमिटर तार तानिएको छ । 

एक्जिम बैंक अफ इण्डियाको सहुलियतपूर्ण ऋण लगानीमा निर्माण गरिएको प्रसारण लाइन आयोजना अन्र्तगत लाहाचोक–लेखनाथ खण्ड निर्धाणाधीन छ । नयाँ मोदी–लाहाचोक खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आए पनि स्थानीय अवरोध र वन क्षेत्रको समस्याका कारण लाहाचोक–लेखनाथ खण्डको निर्माण प्रभावित हुँदै आएको आयोजना प्रमुख रोशन अग्रवालले बताए ।

प्राधिकरणले प्रसारण लाइन आयोजना निर्माणको काम सन् २०१८ जुलाई २१ बाट सुरु गरेको थियो । एउटा खण्ड सञ्चालनमा आइसके पनि अर्को खण्ड पूरा भई सञ्चालनमा आउन समय लाग्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit