विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा हुन लागेको हिमालयन हाइड्रो एक्स्पो तेस्रो संस्करणमा ५० हजार अवलोकनकर्ता उपस्थित हुने अपेक्षा गरिएको छ । एक दर्जन बढी देशका विभिन्न व्यवसायमा संलग्न प्रतिनिधिको स्टल रहने एक्स्पो विद्युत उत्पादनसँग प्रसारण तथा बजार विस्तारमा सहायक सिद्ध हुने अनुमान पनि छ ।

चैत १९ गतेदेखि २१ गतेसम्म आयोजित एक्स्पो राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने कार्यक्रम छ ।  यसअघि दुई संस्करणमा सफलताका साथ सम्पन्न भइसकेको एक्स्पोले विद्युत विकासको ढोका फराकिलो बनाउँदै गएको जलविद्युत व्यवसायीहरूको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुन लागेको यस एक्स्पोको पहिलो दिन शनिबार बिहान ७.०० बजे विद्युतीय सवारी साधनको र्यालीको आयोजना गरिएको छ ।

विद्युतको आन्तरिक बजारलाई प्रबद्र्धन गर्न विद्युतीय सवारी प्रयोगलाई अभियानका रूपमा अघि बढाउन सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले र्यालीको आयोजना गरिएको इपानले जनाएको छ ।

काठमाडौंस्थित भृकृटीमण्डपबाट सुरु भएर नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर र्याली समापन हुनेछ । फर्पिङ जलविद्युत आयोजनामा र्यालीका सहभागीहरूलाई पर्यटन मन्त्री प्रेम आलेले स्वागत गर्ने कार्यक्रम छ ।

एक्सपोको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको छ भने आइएफसी लगायत संघ, संस्थाहरुले प्रायोजन गरेको छ । साथै, एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहेको पनि जनाइएको छ ।

हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा लिइएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावर सम्वन्धी विषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तरक्रिया हुनेछ ।

इपानका अनुसार एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायत सय वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा विदेशी स्टलसमेत रहेका छन । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहनेछ ।

यसैगरी, हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणा बारे विद्यार्थीहरू एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा गराइनेछ । त्यस्तै, हाइड्रो पावर क्षेत्रमा ड्रोनको आवश्यकता र यसको उपयोगिता के कसरी हुन्छ र गर्न सकिन्छ भनी ‘ड्रोन भिडियो मेकिङ कम्पिटिसन’ समेत आयोजना गरिने छ ।

विश्वकै पहिलो हाइड्रो पावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २.० मा हाइड्रो पावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्सन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिस्पर्धा समेत गराइने छ ।

एक्स्पो अवलोकन गर्न आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टरमार्फत हाइड्रो पावर आयोजनाहरूको भ्रमण गराउने व्यवस्था गरिएको छ । जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्याउने इपानको विश्वास छ । प्रत्येक दिन एक्स्पो अवलोकनकर्ताहरूमध्ये १० जनालाई गोलाप्रथाबाट विद्युतीय चुलो वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit