विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ठेक्का अवधि सकिन लाग्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति निराशाजनक छ । दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले वि. सं. २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो ।

ठेक्का सम्झौता भएको १५ महिनामा पछि अथवा गत वैशाख तेस्रो सातादेखि काम सुरु भएकाेमा हालसम्मको भौतिक प्रगति पाँच प्रतिशतभन्दा न्यून छ । जमिनको बनावटका कारण काममा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीले बताए । ‘पोखरामा भूगर्भको अवस्थिति प्रक्षेपण गरेभन्दा फरक पाइयो, बढी चट्टानी जमिन भएकाले उपकरणले नै काम गरेन,’ उनले भने, ‘उपकरणदेखि कामको पूर्वयोजना र डिजाइन नै परिमार्जन गर्नुपर्ने अवस्था आयो, अहिले उच्च क्षमताको उपकरण ल्याएपछि कामले केही गति लिएको छ ।’

प्राविधिक कारणले भौतिकतर्फको काममा ढिलाइ भएको साथै, यहीबीचमा वर्षातको बेला भएर पनि कामले गति लिन नसकेकाे बताउँदै सुवेदीले  अब आयोजनाले गति लिने बताए ।

अहिले पोखरा–१० कुँडहर र पोखरा–६ लेकसाइड क्षेत्रमा तार विछ्याउने काम भइरहेको छ, निर्धारित समयमा निर्माण पूरा हुन नसके पनि छिटोभन्दा छिटो काम सक्ने गरी भइरहेकाे छ । इञ्जिनीयरिङ डिजाइन, उपकरण खरिदलगायतमा समय लागेकाले आयोजनाको काम सुरुदेखि नै धकेलिँदै आएको थियो । आयोजनालाई चाहिने तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो । पोखरा–मुग्लिन सडक आयोजनाले अनुमति नदिएका कारण पनि मुख्य राजमार्ग क्षेत्रमा तार भूमिगत गर्न समस्या भएको थियो । सडक आयोजनाले १५ दिनअघि अनुमति दिएकाले अब काम प्रभावित नहुने प्रमुख सुवेदीले बताए ।

सुरुमा कुँडहरमा रहेको प्राधिकरणको सवस्टेसन क्षेत्रको तार भूमिगत गर्न थालिएको  छ। सो ठाउँमा अहिले सडक खन्ने र पाइप विछ्याउने काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ । आयोजनाअन्तर्गत पोखरा–१० कुँडहरदेखि जिरो किमिसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैँकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायतका क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार विछ्याइने आयोजनाले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि विच्छ्याइनेछ ।

विद्युत लाइनसँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिनेछ । अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन । पाेखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि विछ्याउन लागिएको पनि उनले बताए ।

यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम भइरहेको उनको भनाइ छ । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घर–घरमा बिजुली पुर्याइने प्राधिकरणले जनाएको छ । प्राधिकरणको पोखरा वितरण केन्द्रका अनुसार तार भूमिगत आयोजनाले ओगटेको क्षेत्रभन्दा बाहिरका अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाउन छुट्टै ठेक्का प्रक्रिया अगाडि छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit