नेपालमा ऊर्जा विकासको सन्दर्भमा हामी ८३,००० मेगावाट जलविद्युत् तथा अपार सौर्य ऊर्जाको सम्भाव्यता र हाइड्रोजनको भविष्यबारे कुरा गर्छौँ । यथार्थमा आज पनि देशमा कुल ऊर्जा खपतको ६८ प्रतिशत परम्परागत जैविक स्रोतबाट प्राप्त ऊर्जाको उपयोग भइरहेको छ । आधुनिक ऊर्जा खपतको हिस्सा जम्मा ३२ प्रतिशत छ । ७ प्रतिशत...}