भोटेकोसी–त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेकोक्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति हो । यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ । सम्भवतः यस्तो घटना पहिलो नै होला । बाढीले करिब ७२ किलोमिटर क्षेत्रलाई प्रभा...}