विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २५, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

भोटेकोसी–त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेकोक्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति हो । यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ । सम्भवतः यस्तो घटना पहिलो नै होला । बाढीले करिब ७२ किलोमिटर क्षेत्रलाई प्रभावित बनाएको र कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नै नरहेको अवस्था थियो । अत्यन्तै साँघुरा गल्छी, बिग्रिएका सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने भौगोलिक अवस्थाका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको  छ ।

हेलिकप्टर पनि ल्यान्ड गर्न नसक्ने अवस्थाबाट उद्धार गर्नुपर्ने स्थिति थियो । गल्छीहरू अत्यन्तै साँघुरा छन् । उद्धारकर्ताका लागि समेत यो अत्यन्त कठिन भूगोल हो । यस्तो विपत्तिका बेला कसैलाई दोष दिनु उपयुक्त होइन । यस किसिमको विपत्ति आउनुमा मैले नेपालको कुनै दोष देख्दिनँ । सतहमा ठूलो विनाश देखिए पनि त्यसका आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न हुँदैन । जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्छ ।

नेपालका जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइन तथा सुरुङ संरचनाको अध्ययन गरिरहेको र विपत्तिपछि सुरुवाती चरणमै उपलब्ध डिजाइन, नक्सा तथा अन्य प्राविधिक विवरणको अध्ययन गरेर उद्धारको सम्भावित बाटो पहिचान गर्नुपर्छ । मैले जलविद्युत् आयोजना र सुरुङको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु । विपत्ति आएपछि सुरुमा मैले उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ ।

सामान्य अवस्थामा सुरुङभित्र हुने दुर्घटना वा उद्धारका विषय सार्वजनिक चर्चामा कमै आउने गर्छन् तर सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरियो । नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता छ । मेरो आफ्नै गाउँमा रहेको स्थानीय चर्चमा नेपालका लागि मात्र प्रार्थना सभा भइरहेका छन् । मेरो संस्था इन्टरनेसनल टनेलिङ एसोसिएसनले पनि सम्मान र सहयोग प्रकट गरिरहेको छ । अहिले पूरै विश्वको हृदय नेपालसँगै छ ।

नेपालले केही गलत गरेको छैन भन्ने संसारले बुझेको छ । यो प्राकृतिकरूपमा घटेको विपत्ति हो । नेपाली जनतालाई मेरो सन्देश छ, तपाईंहरू एक्लो हुनुहुन्न । हामी यहाँ तपाईंहरूलाई सहयोग गर्न आएका छौँ। बाढीले जलविद्युत् आयोजनाका संरचनामा पुर्‍याएको क्षति केवल भौतिक पूर्वाधारको मात्र होइन । जलविद्युत् नेपालको राष्ट्रिय विकास, ऊर्जा सुरक्षा र सार्वभौमिकतासँग जोडिएको महत्त्वपूर्ण आधार भएकाले यस क्षेत्रमा भएको विनाशलाई व्यापक दृष्टिले हेर्नुपर्छ ।

यो केवल मानवीय त्रासदी होइन, बौद्धिक र राष्ट्रिय क्षतिको विषय पनि हो । जलविद्युत् नेपालको राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वतन्त्रताका लागि धेरै महत्वपूर्ण छ । भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि उद्धार तथा सुरक्षा प्रणालीलाई आयोजनाको डिजाइनकै चरणदेखि समेट्नुपर्छ ।

हालको विपत्तिका आधारमा जलविद्युत् आयोजनाको डिजाइनलाई दोष दिनु उचित हुँदैन । यसअघि विश्वमै नदेखिएको प्रकृतिको घटना भएकाले विगतमा उपलब्ध ज्ञान र जोखिम मूल्याङ्‌कनका आधारमा तयार गरिएका डिजाइनलाई अहिलेको घटनाका आधारमा मात्र गलत भन्न मिल्दैन । कसैले यी जलविद्युत् आयोजनाको डिजाइन गलत थियो भन्न चाहन्छ भने त्यो पूर्णतः गलत निष्कर्ष हो । विश्व इतिहासमा हामीले यस्तो घटना देखेका थिएनौँ । दुई हप्ताअघिसम्म हामीलाई जे थाहा थियो, त्यसका आधारमा त्यहाँका डिजाइन उपयुक्त थिए । अहिले परिस्थिति बदलिएको छ ।

अहिलेको उद्धार अभियान सामान्य सुरुङ उद्धारभन्दा निकै फरक छ । उद्धारका लागि आवश्यक भारी उपकरण र दक्ष जनशक्ति घटनास्थलसम्म पुर्‍याउनै ठूलो चुनौती छ । बाढीले सडक र पुलहरूमा ठूलो क्षति पुर्‍याएका कारण उपकरण ढुवानी गर्न सकिएन । हेलिकप्टरको क्षमताले पनि ठूला मेसिन घटनास्थलसम्म पुर्‍याउन नसकिने अवस्था छ । हामीलाई कुन उपकरण चाहिन्छ भन्ने थाहा छ तर ती उपकरण हेलिकप्टरभित्र अटाउँदैनन् । त्यसैले, अहिले सडक बनाउने काम भइरहेको छ । सडक पुगेपछि मात्रै ठूला मेसिन लैजान सकिन्छ ।

केही भारी उपकरणको तौल करिब पाँच टनसम्म रहेको छ । तत्काल उपकरण लैजान नसकिएको अवस्थामा अर्को किनारासम्म पहुँच पुर्‍याउन केबल पुल वा रोपवेको विकल्पसमेत खोजिएको छ । उहाँले उद्धारमा संलग्न सबै व्यक्ति अत्यन्तै तनावपूर्ण अवस्थामा पनि दिनरात खटिरहेका छन् । आफूले माग गरेका प्राविधिक सहयोग तथा समन्वयका विषयमा नेपाली पक्षबाट सकारात्मक प्रतिक्रिया पाइएको छ ।

वर्तमान अवस्था मैले पहिले कहिल्यै यस्तो देखेको थिइनँ । सडक, पुल, सञ्चार र पहुँचका पूर्वाधार नै ध्वस्त भएको अवस्थामा उद्धारका लागि आवश्यक जनशक्ति, उपकरण र मेसिन घटनास्थलसम्म पुर्‍याउनु आफैंमा ठूलो चुनौती छ । हजारौँ मानिस काम गर्न तयार भए पनि उनीहरूलाई घटनास्थलसम्म पुर्‍याउन सकिँदैन । त्यहाँ पुगे पनि बस्ने ठाउँ छैन । उपकरण लैजान पनि समस्या छ । त्यसैले यो सामान्य उद्धार अभियान होइन । कठिन भौगोलिक अवस्था, निरन्तर जोखिम र सीमित पहुँचका बाबजुद नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले गरिरहेको प्रयास महत्त्वपूर्ण छ । सम्भावित जीवित व्यक्तिको खोजी अन्तिम सम्भावनासम्म निरन्तरता दिनुपर्छ ।

अष्ट्रेलियन नागरिक प्रा. डिक्स अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ हुन् । यो विचार आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा राखेको धारणाको सम्पादित अंश हो ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३