काठमाडौँ । 'दिगो ऊर्जा तथा विद्युत् प्रणालीसम्बन्धी इलेक्ट्रिकल इन्जिनियरहरूको अन्तर्राष्ट्रिय सम्मेलन' काठमाडौँमा सुरु भएको छ । इन्सटिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर, पावर एन्ड इनर्जी सोसाइटी (आइइइई पिइएस) नेपाल च्याप्टरको आयोजना, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्ज...