विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सि.जी. डिजिटलको २५औं शाखा बनेपामा खुलेकाे छ । बनेपामा स्थानिय उपभोक्तालाई सहज रुपमा विभिन्न ब्रान्डका सामान उपलब्ध गराउने उदेश्यले नयाँ शोरुमको स्थापना गरिएको हो ।

सि.जी. डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरू एल.जी., सि.जी., सँगै विभिन्न घरायसी विद्युतीय सामाग्रीहरू एल.इ.डि.टि.भी., वासिङ मेसिन, फ्रिज, माईक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एर प्युरिफायर, म्युजिक सिस्टम  लगायत अन्य थुप्रै स्मार्ट सामग्रीहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । 

बनेपाको स्थानीय बजारमा सामग्री प्रदर्शन साथै बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, विद्युतीय सामाग्रीहरुका उपयोग समेत सिकाईने कम्पनीले जनाएको छ । यो शोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने कम्पनीले जनाएको छ ।

बनेपाको बुडोलमा खोलिएको यस  सि.जी. डिजिटल  शोरुममा ‘ओपनिङ्ग’ को अवसरमा  ४० प्रतिशत  सम्म  छुट, फ्री गिफ्टहरूका साथै ‘एक्सचेन्ज अफर’ को पनि सुविधा रहेको छ ।

चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर  र  पोखरामा पनि सि.जी. डिजिटल  शोरुम सञ्चालन गरिसकेको छ । यो सँगै आगामी दिनमा देशका  विभिन्न  सहरमा अरु शाखा पनि विस्तार गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३