विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माण भएको १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजना विद्युत प्रवाह हुने प्रसारण लाइनको समस्याका कारण राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको छैन । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन तयार हुन समय लागेकाले यो आयोजना अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको हो ।

प्राधिकरणले निर्माण अन्तिम चरणमा पुर्याएका बेला गत बर्खामा असार १ गते दोर्दी खोलामा आएको बाढीले प्रसारण लाइनमा ठूलो क्षति गरेकाले दोदी–१ सहित दोर्दी बेसिनमा निर्माण सकिएका जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका अनिश्चित बन्न पुगेको छ । 

प्राधिकरणले बर्खाको बाढीले क्षतिग्रस्त प्रसारण लाइनको ४ वटा टावर ८ महिना बितिसक्दा निर्माण गर्न सकेको छैन । दोर्दी-१ आयोजनाको अहिले आन्तरिक परीक्षण भइरहेको प्रवर्द्धक दोर्दी खोला जलविद्युत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत फागुन १ गतेदेखि उत्पादन परीक्षणको कार्य भइरहेको छ । 

प्राधिकरणले निर्माण गरिरहेको उदिपुरदेखि कीर्तिपुरसम्मको १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेपछि मात्रै यो आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न सकिनेछ । प्रसारण लाइनको निर्माण लम्बिँदै जाँदा जलविद्युत आयोजनाको निर्माण लागत र सञ्चालन खर्च पनि बढिरहेको छ । 
बर्खाको बाढीअघि २०७८ जेठमा नै निर्माण सम्पन्न गरी आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आवश्यक परीक्षण गरिएको थियो ।

कम्पनीका अनुसार बाढीले क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरेर फेरि परीक्षण सुरु गरिएको हो । बाढीले आयोजनाको विद्युतगृहमा क्षति पुर्याएको थियो । प्रवर्द्धक कम्पनीले आयोजनाको विद्युतगृहमा क्षतिग्रस्त उपकरणको मर्मत सम्भारको काम सम्पन्न गरिसक्दा पनि प्राधिकरणले प्रसारण लाइनको संरचना तयार गरिसकेको छैन । प्रसारण लाइनको टावर र जग्गा बाढीमा बगेकाले पुनः जग्गा खरिदसहित सबै प्रक्रिया पूरा गरेर जानु परेका कारण निर्माण सम्पन्न गर्न समय लागेको प्राधिकरणले बताउँदै आएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाईमा लक्ष्मी, कृषि विकास, प्राइम कमर्सियल र महालक्ष्मी विकास बैंकको लगानी छ । विद्युत उत्पादन गर्न २५ सय मिटर लामो सुरुङ तथा ७ सय मिटर लामो पेनस्टक पाइप राखी आयोजना निर्माण गरिएको छ । आयोजनाको विद्युतगृहबाट उत्पादन हुने विद्युत ३.५ किलोमिटर दुरीको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण सम्पन्न गरिसकेको छ ।

प्रसारण लाइनको समयस्याले दोर्दी खोलमा दोदी–१ सँगै २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र २७ मेगावाटकाे दाेर्दी खाेला जलविद्युत आयोजनाको उत्पादन पनि अनिश्चित बनेको छ । एकतिर प्रसारण लाइनको समस्याले निर्माण पूरा भइसकेका जलविद्युत सञ्चालनमा आउन सकेका छैनन् भने अर्कोतिर हिउँदको माग व्यवस्थापन गर्न भारतबाट अरबौं रुपैयाँको विद्युत आयात भइरहेको छ । यसको प्रत्यक्ष मार देशको अर्थतन्त्रमा परिरहेको छ । जलविद्युतका लगानीकर्ता पनि मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit