विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । खोटाङ जिल्लामा विद्युतीकरण तिव्र गतिमा अघि बढेको छ । नेपाल विद्युत प्राधिकरणले कुल १० स्थानीय तह रहेको जिल्लामा विद्युत विस्तारको काम तिव्र गतिमा अघि बढाएको हाे ।

जिल्लाको अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । ५ वर्षभित्र सबै ठाउँमा विद्युत विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका सबै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा बिजुली बाल्ने गरी काम भइरहेको प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

७ वटा वडा रहेको ऐसेलुखर्क गाउँपालिकामा १८ महिनाभित्र विद्युतीकरणको सम्पूर्ण काम सक्नेगरी शनिबारदेखि विस्तृत सर्भे सुरु गरिएको केन्द्रले जनाएको छ । ऐसेलुखर्क –१ राखाबाङ्देल, वडा नं २ बाकाचोल र वडा नं ३ ऐसेलुखर्कमा ठेकेदार कम्पनीका दुई–दुई जना प्राविधिकको टोलीले सर्भे सुरु गरेका छन् । सात वडामध्ये जलेश्वरी, राखाबाङ्देल र बाकाचोललाई हालसम्म विद्युत पुगेको छैन् ।

वडा नम्बर ७ माक्पा, वडा नम्बर ५ महेश्वरी, वडा नम्बर ६ ज्यामिरे र ऐसेलुखर्कबजारमा मात्र विद्युत् विस्तार भएको छ । बाँकी वडामा विद्युत् विस्तारका लागि शुक्रबार (पुस १५ गते) गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई, नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय, प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्रमुख तथा प्रतिनिधिबीचको बैठकले १८ महिनाभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने निर्णय भएकाे छ ।

५ वर्षभित्र सबै जिल्लामा विद्युत् विस्तार गरिसक्ने नेपाल सरकारको योजनाअनुसार हाल जिल्लाका दशवटै स्थानीय तहमा डिटेल सर्भेको काम सुरु गरिएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए ।

केपिलासगढी गाउँपालिकामा डिटेल सर्भेको काम सम्पन्न भइसकेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गर्ने २२ हजार दुई सय ८२ घरधुरी उपभोक्ता रहेको प्राधिकरणले जनाएको छ ।

जिल्लामा उत्पादन गरिएका १०.६ मेगावाटका तीन विद्युत केन्द्रबाट यस क्षेत्रमा विद्युत सेवा विस्तार भइरहेको छ । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रसारण लाइनको विद्युत् पटक–पटक अवरुद्ध हुँदा विद्युत उपभोक्ता मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३