विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले झलारी–बेलौरी ३३ केभी प्रसारण लाइनको विद्युत सेवा बन्द गरेको छ । प्राधिकरण बेलौरी वितरण केन्द्रले लाइन मर्मत संभार गर्नका लागि सेवा बन्द गरेको हो । 

लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत लाइन अपग्रेड गर्न विद्युत सेवा बन्द गरेर लाइन मर्मत गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ग्राहकको संख्या उल्लेख रुपमा बढ्दा लोडसमेत बढेकाले र गर्मीको समयमा उत्पन्न हुने परिस्थितिलाई मध्यनजर गर्दै लाइन अपग्रेड गर्न लागिएको हो ।

लाइन माघ १८ गते (आज) देखि २ महिनासम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म बन्द हुन छ । सेवा बन्द हुँदा बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण क्षेत्र प्रभावित हुनेछ । 

लाइन अन्तर्गत लालझाडी गाउँपालिकाका र बेलौरी र पुर्नवास नगरपालिका पर्छन् । तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित समय अगावै सेवा सुरु गरिने केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit