विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्की जिल्लामा रहेको १२ मेगावाटको नार्माजुन मादी जलविद्युत केन्द्रले विद्युत उत्पादन सुरु गरेको छ । गत जेठदेखि परेको लगातार वर्षापछिको बाढी पहिरोले क्षति पुर्याएपछि बन्द भएको जलविद्युत केन्द्रले उत्पादन सुरु गरेको हो ।

बाढीले आयोजनामा पुर्याएको क्षतिको मर्मत गरी फागुन १ गतेदेखि उत्पादन परीक्षण सुरु गरिएको हिमालयन हाइड्रो पावर कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म आयोजनाबाट १० प्रतिशत विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

गत जेठ ३१ गतेदेखि परेको वर्षापछि मादी खोलामा आएको बाढी पहिरोले जलविद्युत केन्द्रको बाँध, विद्युतगृह डुबानमा परी उपरकणलगायत अन्य संरचनामा ठुलो क्षति पुर्याएको कम्पनीले जनाएको छ । विद्युतगृहको इलेक्ट्रो मेकानिकल मेसीनमा बाढीले क्षति पुर्याएको थियो । विद्युत उत्पादन जेठ ३१ गतेदेखि नै बन्द थियाे ।

यो आयोजना २०७७ भदौदेखि प्रसारण प्रणालीमा जोडिएको थियो । यो वर्ष मनसुनको सुरुवातमै मादी खोलामा भीषण बाढी आउँदा यो बेसिनमा सञ्चालन तथा निर्माणमा रहेका जलविद्युत आयोजनामा क्षति पुगेको थियो । निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनामा पनि ठुलो क्षति पुगेको थियो । यो आयोजनाको संरचना बाढीले भत्काउँदा १ अर्ब रुपैयाँ बढीको आर्थिक नोक्सानी हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit