विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिभर फल्स पावर कम्पनीले निर्माण गरेको १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको छ । कम्पनीले संखुवासभाको पिलुवा खोलामा निर्माण गरेको आयोजनाको सिभिल संरचना, हाइड्रो मेकानिल, इलेक्ट्रोमकानिल उपकरण जडानलगायतका सबै काम पूरा भएको हो ।

आयोजनाको सबै काम पूरा भएको चैत १५ (बुधबार) देखि परीक्षण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि नेपाल विद्युत प्राधिकरणलाई दुई साता निशुल्क विद्युत दिइनेछ,  त्यसपछि व्यापारीक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक साढे ३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्राधिकरणसँग भएको विद्युत खरीद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ चैतदेखि विद्युत उत्पादन गर्नुपर्ने तालिका थियो । तर, विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाई, कोरोना माहामारीले गर्दा करिब २ वर्ष ढिला गरी विद्युत उत्पादन सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिटिजन बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी, ३० प्रतिशत अर्थात ५७ कारोड ४० लाख रुपैयाँ स्वपूँजी छ ।

आयोजनाको थप जानकारी
आयोजनाको नाम : डाउन पिलुवा
प्रवर्द्धक कम्पनी : रिभर फल्स पावर कम्पनी लिमिटेड
क्षमता : १०.३ मेगावाट
जिल्ला : संखुवासभा
हेडरेस पाइप : २.४ किलोमिटर
सबस्टेसन : बानेश्वर
लागत : १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ
ऋण लगानी : १ अर्ब ३२ करोड रुपैयाँ (सिटिजन बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंक)
स्वपूजी लगानी : ५७ कारोड ४० लाख रुपैयाँ (३० प्रतिशत)
वार्षिक उत्पादन : ५७.६८५ गिगावाट घन्टा 
हिउँद : ७.६८५ गिगावाट घन्टा
बर्खा : ५० गिगावाट घन्टा
निर्माण सुरु : २०७६ पुस
पिपिए अनुसार उत्पादन तालिका : २०७७ चैतदेखि
नयाँ उत्पादन तालिका : २०७९ चैत (२ वर्ष ढिलो)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit