विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले महाशिवरात्रिको अवसरमा केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा शिवको मुर्ति स्थापना गर्ने भएकाे छ । यो धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई नै एकताबद्ध हुन, एकता र साँझा आध्यात्मिकताको भावना जगाउने माध्यम पनि रहेको हुँदा यस कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएकाे छ ।  

कम्पनीका अनुसार जारी पुँजी २ अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम ३० करोड ६० लाख बराबरको १०० रुपैयाँ अङ्कित दरमा ३० लाख ६० हजार कित्ता सेयर मध्ये २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामुहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुट्याई बाँकी रहने सेयर सर्वसाधारणहरूमा निष्कासन गरिने भएकाे छ । साथै, बन्दीपुर केबलकार २०८१ बैशाख १ गतेदेखि सञ्चालनमा ल्याउन तीव्र गतिमा काम अघि बढिरहेको पनि कम्पनीले जानकारी दिएको छ । 

हालसम्म परियोजनाको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ भने बाँकी काम पनि छिटै सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहको छ । उक्त परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ । परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा बैंक ऋण १ अर्ब ३ करोड  रहेको कम्पनीका वित्तीय निर्देशक शिवप्रसाद शर्माले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit