विद्युत आपूर्ति : प्राधिकरण :५५८० मे.वा.घन्टा / निजी क्षेत्र :४४३३ मे.वा.घन्टा / आयात : १७८१९ मे.वा.घन्टा / ट्रिपिङ :५० मे.वा.घन्टा / ऊर्जा माग :२७८८२ मे.वा.घन्टा/ उच्च माग :१४३६ मेगावाट
×

विराटनगरकाे नहर फिडरमा ८ घन्टा विद्युत् आपूर्ति बन्द हुने

२०७७ फाल्गुण १७

विराटनगर । नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रकाे नहर फिडरमा पर्ने विराटनगर महानगरपालिकाका विभिन्न वडामा आज (फागुन १७ गते) ८ घन्टा विद्युत् कटाैती गर्ने भएकाे छ । वितरण लाइन मर्मत गर्नुपर्ने हुँदा लाइन विद्युत् कटाैती गर्न लागिएकाे हाे ।

केन्द्रका अनुसार नहर फिडरअन्तर्गत पर्ने विराटनगर महानगरपालिका क्षेत्रका ४, ५, ६, ११ र १२ नम्बर वडाका विभिन्न क्षेत्रमा लाइन मर्मत कार्यका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडर सटडाउनमा राखी कार्य गरिनेछ । समयअघि नै मर्मत सकिएकाे खण्डमा आपूर्ति सुचारु गरिने पनि केन्द्रले जानकारी दिएकाे छ ।

प्रतिक्रिया