विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेशन (आइओसी) ले मूल्य बढाएको सूची पठाएपछि स्वचालित मूल्य कार्यान्वयन गर्न पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगम प्रवक्ता बिनितमणि उपाध्यायले बताए । उनका अनुसार मूल्य बढाउँदा अब पेट्रोल प्रतिलिटर १ सय १६ रुपैयाँ पुगेको छ । 

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ थियो । डिजेल र मट्टीतेल ९७ रुपैयाँबाट बढेर ९९ रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय उडान) को पनि मूल्य समायोजन गरिएको उपाध्यायले जानकारी दिए ।

‘यो पटक आन्तरिक र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धन महंगो भएको छ,’ उनले भने, ‘आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेर ७२ रुपैयाँ पुग्यो । अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलो लिटरमा २५ अमेरिकी डलर बढेको छ ।’ मूल्य समायोजनपछि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर ८ सय ९३ अमेरिकी डलर पुगेको उपाध्यायले बताए ।

यो मूल्य समायोजनपछि पनि वीरगन्जसँग सीमा जोडिएको भारतीय सीमा नाका रक्सौलमा भन्दा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३५.९३ रुपैयाँ, डिजेल प्रतिलिटर ४२.०७ रुपैयाँ सस्तो रहेको निगमले जनाएको छ । खाना पकाउने एपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढाएर समायोजन गर्दा पनि पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६.५६ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३९३ रुपैयाँ घाटा रहेको निगमको दाबी छ । 

पछिल्लो मूल्य समायोजनपछि १५ दिनमा पेट्रोलियम पदार्थको बिक्री वितरणबाट १ अर्ब ३२ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ । आइओसीले हरेक १५ दिनमा पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाउने गर्दछ । आइओसीले पठाउने नयाँ मूल्य सूचीका आधारमा निगमले पनि मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit