विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २५, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । हालै अमेरिका र इरानबीचको युद्ध चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ, जुन छ हप्ता यताको उच्च मूल्य हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार, बुधबार तेलको मूल्य छ हप्तामा पहिलो पटक प्रति ब्यारेल १०० डलर नाघेको छ । अमेरिकी र इरान बीचको युद्ध चर्किदै गएको बेला आपूर्ति अबरुद्ध हुन जाँदा तेलको मूल्य उकालो लागेको छ । यसले उपभोक्ता र व्यवसायहरूको लागि मुद्रास्फीतिको दबाब र उच्च ऊर्जा लागतको डर बढाएको रोयटर्सले जनाएको छ ।

पछिल्ला दिनहरूमा, पश्चिम एसियामा तेल प्रशोधन केन्द्रहरू र तेल ढुवानी गर्ने जहाजहरूमा आक्रमणले विश्वव्यापी आपूर्तिमा अवरोधको जोखिम बढाएको छ । युद्धका कारण स्ट्र्रेट अफ हर्मुजको जलमार्ग बाट हुने तेल ढुवानी प्रभावित भएकोले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति संकटको देखिएको रोयटर्सको भनाइ छ । युद्धअघि यस जलमार्गबाट विश्वको तेल आपूर्तिको लगभग २० प्रतिशत ढुवानी हुने गर्दथ्यो ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरान विरुद्ध युद्ध सुरु गरेपछि तेलको मूल्यमा तीव्र गतिमा वृद्धि हुन थाल्यो । यस अवधिमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल लगभग १२० डलर पुगेको थियो भने केही महिना अघि शान्ति सम्झौताको आशामा लगभग मूल्य ७० डलरमा झरेको थियो।

पछिल्ला दिनहरूमा, अमेरिकी सेनाले पाँच इरानी तेल ट्याङ्करहरू नष्ट गरेको र इरान समर्थित हुथी समूहले साउदी अरेबियाको तेल पूर्वाधारमा आक्रमण गरेको जनाइको छ । यमनको हुथी समूहले समेत गरेको पछिल्लो आक्रमणले वैकल्पिक तेल ढुवानी मार्गहरू अवरुद्ध गर्ने जोखिम बढाएको छ, जसले पहिले नै बढाएको विश्वव्यापी तेल आपूर्ति संकटमा थप दबाब सिर्जना गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम मूल्यमा वृद्धिले नेपालको बजारमा समेत मूल्यवृद्धिको जोखिम बढाएको छ । युद्ध सुरु भएयता पेट्रोलको मूल्य स्थानीय बजारमा प्रति लिटर १५७ रुपैयाँबाट २१९ रुपैयाँसम्म पुगेको थियो । त्यस्तै, डिजेलको मूल्य पनि प्रति लिटर १४२ रुपैयाँबाट २३७ रुपैयाँ पुगेको थियो । गत एक महिना देखि घरेलु बजारमा पेट्रोल र डिजेलको मूल्य क्रमशः २०० र १९५ रुपैयाँ प्रति लिटरमा स्थिर रहेकोमा पुनः मूल्यवृद्धिको जोखिम बढेको छ ।

हालै चर्किएको युद्धसँगै संयुक्त राज्य अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य बुधबार प्रति ग्यालन ४.२२ डलर पुगेको छ । यो दर युद्ध अघिको २.९८ डलरभन्दा लगभग ४२ प्रतिशतले बढी हो । यसैगरी डिजेलको मूल्य प्रति ग्यालन ५.९४ डलरमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३