विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

 काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले आइतबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको प्रतिलिटर ११ र डिजेलको ५ रुपैयाँ घटाएकाे हाे ।

भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि घटाएको निगमले जनाएकाे छ । नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६९, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ प्रतिलिटर कायम हुने छ । यस्तै, डिजेल पहिलो वर्गमा १६५, दोस्रोमा १६७ र तस्रोमा १६८ रुपैयाँ कायम हुने छ ।

निगमले यसअघि असोज १४ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको थियो । यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ बढाएको थियो । उक्त समयमा खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि गरेको थियो । एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले मूल्य बढाएपछि चर्को आलोचना भएको थियो । मन्त्रिपरिषद्ले मूल्य समायोजन फिर्ता गर्न निगमलाई निर्दैशन दिएसँगै मूल्य फिर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit