विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारा आयोजना निर्माण भएपछि स्थानीयबासीको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत र सरसफाइमा सहयोगका साथै दैनिकी फेरिएको हो ।
 
आँगनमै धारा जडान गरेपछि सार्वजनिक धाराबाट पानी ल्याउँदा समयको बचत भएको अथवा दुःख हटेको लामगराको इन्द्र घर्तीले बताए । ‘पहिले सार्वजनिक धाराबाट पालो लगाएर पाइपमा पानी ल्याएर उपभोग गरिएको थियो’,उनले भने, ‘आँगनमै मिटर जोडेको धारा बनाएपछि आवश्यक परेको समयमा सहजै पानी प्रयोग गर्न पाएको छ ।’

लामगराका ३१ घरका लागि बेनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा  ३ लाख अनुदान सहयोग गरेका थिए । उक्त सहयोगले घरमा निजी धारा निर्माण गरी पुरानो मुहान तथा वितरण प्रणालीमा सुधार आएको छ ।

झाँत्रीथान, नर्सरी, जलकुने मुहानको पानीलाई एकीकृत गरेर स्थानीयबासीले ३ लाख लागत साझेदारीमा निजी धारा जडान गरी पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष हेमराज शर्माले बताए । ‘पाँच वटा सार्वजनिक धाराले घरघरमा पाइपबाट पानी लैजाँदा अभाव हुने गरेको थियो’,उनले भने, निजी धारा र धेरै मुहानको पानी एकीकृत गरेपछि अहिले फालाफाल भएको छ ।’ 

बेनपा–१ का वडाध्यक्ष टेकबहादुर रावलका अनुसार दलित समुदायको बाहूल्यता रहेको सालधारीमा ११ लाख अनुदान सहयोगमा ६० घरमा निजी धारा जडान गरी पुरानो ट्याङ्की र वितरण प्रणालीलाई व्यवस्थित गरिएको छ । त्यस्तै, रत्नेचौरका ६२२ घरधुरी रहेको बस्तीमा निजी धारासहितको खानेपानी सुविधा विस्तारका लागि आयोजना सञ्चालन गरेको उनले बताए  ।

सारेमारेका ३० र सिमका २७ वटा घरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण भइसकेको छ । आनन्दबगरमा निजी धारासहितको खानेपानी योजना निर्माण गर्न चालु आर्थिक वर्षमा  पाँच लाख बजेट विनियोजन भएको छ । 

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले दुई वर्षअघि सुरु गरेको रत्नेचौर लिफ्ट खानेपानी आयोजनाले गति लिनसकेको छैन् । प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते दुई करोड ७५ लाख ३६ हजार ५०६ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्की लगायत संरचना निर्माण गरिसक्ने सम्झौता भएको आयोजनाको निजी धारा निर्माण अन्तिम चरणमा पुगे पनि ट्याङ्की, इनार, मुख्य पाइपलाईन विस्तारमा ढिलासुस्ती भएको स्थानीयवासी कृष्ण बोगटीले बताए।  उपभोक्ता समितिले गर्नुपर्ने काम भएपनि ठेकेदारले ढिलासुस्ती गरेको उनले बताए।  

सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ । ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी ४५० मिटरमाथि सालघारीमा निर्माण हुने ११५ क्यूविक क्षमताको ट्याङ्कीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गरिने भएको छ । घर–घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कूल दूरी १८.७ किलोमिटर छ । रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजनाको संरचना जीर्ण र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन नसकेपछि नयाँ लिफ्ट प्रविधिको योजना सुरु गरिएको हो  ।
रासस

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit