विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वित्तीय साक्षरता बढाउन गरिमा विकास बैंकले ‘ग्लोबल मनी विक’ मनाएको छ । बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै ज्ञान, सिपको विकास गर्ने उद्देश्यले सो मनी विक सप्ताह आयोजना गरिएको बैंकले जनाएको छ ।

सन् २०१२ देखि यो सप्ताहव्यापी रुपमा मनी विक विश्वभर मनाउने गरिएको छ । ‘ग्लोबल मनि विक’ को १२औँ शृङ्खलाका अवसरमा बैंकले मार्च १८ देखि २४ सम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो।

‘पैसा बचाँऊ, भविष्य सुनिश्चित गरौँ’ भन्ने विश्व नारासहित मनाइएको यस सप्ताहअन्तर्गत बैंकले ७ वटा प्रदेशका स्कुल, कलेज, शैक्षिक संघसंस्था लगायतसँगको समन्वयमा कार्यक्रमहरू गरेको छ । 

बैंकका अनुसार विद्यायार्थीको तहअनुसार वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रम सम्पन्न गरेका बैंकले जनाएको छ । कार्यक्रमबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन्।

बैंकले विभिन्न ठाँउका विद्यार्थीलाई शैक्षिक सामाग्रीसमेत वितरण गरेको छ । 

बैंकले उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ऐ.टि.एम मार्फत ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३