विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बु जिल्लामा २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमाससम्ममा सो मुनाफा आर्जन गरेको हो । 

कम्पनीले आवको नौ महिना (साउनदेखि चैतसम्म) को आवधिमा १ करोड १० लाख ३२ हजार ५ सय ९२ रुपैयाँ खुद नाफा कमाएको सार्वजनिका वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष यही समयअवधिमा ५ करोड २४ लाख ८३ हजार ६ सय ४५ रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको नाफा घटेपनि विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेको छ । यो आवधिमा कम्पनीले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ५३ करोड ३९ लाख ९२ हजार ७ सय ९५ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष २७ करोड ८८ लाख १२ हजार ३ सय ६८ रुपैयाँ आम्दानी गरेको थियो । 

यसैगरी कम्पनीले अन्य स्रोतबाट पनि ६६ करोड ५५ लाख ७ हजार ९५ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यो अवधिका अन्यस्रोतबाट ९९ हजार ४ सय ९५ रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit