विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो २८ दिनमा भारतीय ऊर्जा एक्सचेन्ज बजारमा करिब १८ करोड युनिट बिजुली निर्यात गरेको छ । यसबाट उसलाई खर्च (ह्विलिङ चार्ज) कटाएर झण्डै २ अर्ब रुपैयाँ आम्दानी भएको छ ।

प्राधिकरणका अनुसार जुन २ देखि ३० तारिखसम्म (जेठ १९ गतेदेखि असार १६ गतेसम्म) औसत प्रतियुनिट ९.६७ रुपैयाँका दरले १७ करोड ८० लाख युनिट (१७८.२० गिगावाट घन्टा) बिजुली बिक्री गरेर १ अर्ब ७२ करोड १२ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले ह्विलिङ चार्ज प्रतियुनिट करिब ४५ पैसा तिर्ने गरेको छ ।

प्राधिकरणले भारतीय बजारमा बिजुलीको मूल्य अधिकतम प्रतियुनिट १९.२० रुपैयाँ र न्यूनतम ३ रुपैयाँसम्म पाएको थियो । एक्सचेन्ज बजारबाट स्वीकृति पाएअनुसार उसले अहिले पनि हरेक दिन ३६४ मेगावाटसम्म बिजुली बेचिरहेको छ ।

प्राधिकरणलाई सुरुमा २०७८ कात्तिकमा त्रिशूली र देवीघाट जलविद्युत्गृहलाई आधार मानेर ३९ मेगावाट निर्यातको अनुमति प्राप्त भएको थियो । सोही वर्षको चैत १८ गते भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ३६४ मेगावाट विद्युत् बिक्री गर्ने अनुमति प्राप्त भएको थियो ।

प्राधिकरणले १४४ मेगावाटको कालीगण्डकी ‘ए’बाट १४० मेगावाट, मर्स्याङ्दी र मध्यमर्स्याङ्दीबाट क्रमशः ६८ मेगावाट र ६७ मेगावाट तथा निजी क्षेत्रले निर्माण गरेको ५२.४ मेगावाटको लिखु–४ बाट ५१ मेगावाट बिजुली बिक्रीको अनुमति पाएअनुसार निर्यात भइरहेको छ । यो क्रम जुनदेखि नोभेम्बरको दोस्रो सातासम्म रहन सक्छ ।

हिउँद लागेपछि विस्तारै नदी तथा खोलामा पानीको बहाव घट्न गई उत्पादनमा कमी आउँछ र निर्यात गर्न मिल्ने परिमाण पुग्दैन । हिउँदका अति दिनमा भारतबाट बिजुली आयात गरेर माग र आपूर्तिबीच सन्तुलन मिलाउनुपर्ने हुन्छ ।

भारतीय ऊर्जा बजारमा २४ घन्टालाई १५–१५ मिनेटको फरक गरी ९६ वटा ब्लक विभाजन गरिएको हुन्छ । सोही ब्लकका आधारमा हरेकको मूल्य पनि फरक हुन्छ । प्राधिकरणले अहिले यही अर्थात् डे अहेड बजारमा बिजुली बेचिरहेको छ । भारतमा बिजुली बेच्न भारतीय विद्युत् प्राधिकरणले तोकेको नोडल एजेन्सी एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) मार्फत जानुपर्छ ।

पछिल्लो समय प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी सहित ८ जलविद्युत्गृहको विद्युत् बेच्न भारतसँग स्वीकृति मागेको छ । हालसम्म नेपालको केन्द्रीय प्रणालमिा २२०५ मेगावाट जडित क्षमता पुगेको छ भने अहिलेसम्म उच्च माग झण्डै १८०० मेगावाट नाघेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit