विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मिड सोलु हाइड्रो पावर कम्पनीले ९.५ मेगावाटकोे विद्युत प्रवाह हुने ५५० मिटर लामो प्रसारण निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो । 

प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–६ मा निर्माणधीन मध्य सोलु खोला जलविद्युत आयोजनाको स्वीचार्डदेखि माथिल्लो सोलु खोला जलविद्युत आयोजनाले सिंगल सर्किट प्रसारण लाइन अन्र्तगतको एपी–२० सम्म लुप इन लुप आउट गर्ने गरी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पपनीले जनाएको छ । 

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन कम्पनीले जनाएको छ  । विभागले अनुमतिपत्रको लागि ३५ दिने सूचाना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । 

प्रसारण लाइनमा ३ वटा स्टील टावर हुनेछ । जमिनको सतहबाट पोलको उचाइ २५ मिटर तथा टावहरु बीचको दुरी १८३.३३ मिटर हुनेछ । 

आयोजना निर्माणका लागि कूल १ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये ०.१५८ हेक्टर टावर फाउन्डेसनको लागि र ०.८४२ हेक्टर जग्गा विद्युत मार्गको अधिकार क्षेत्रका लागि प्रयोग गरिनेछ । 

कम्पनीले प्रसारण लाइनको काम ६ महिना भित्र सम्पन्ने गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइनको काम निर्माण गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण आदीद्वारा वातावरणमा उल्लेखनीय प्र्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३